×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बल गरेर, डोकोमा दुध अडीदैन हजुर ! बजार घट्ने स्पष्ट यी ७ कारण पढ्नुहोस् !

PRIME CA

बल गरेर, डोकोमा दुध अडीदैन हजुर ! बजार घट्ने स्पष्ट यी ७ कारण पढ्नुहोस् !

१० फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • दुर्गा प्रसाद काफ्ले 

अहिले नेपाली पूँजी बजारलाई जवरजस्त बढाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरु हावी भएका छन् । कोहि बजार बढाएर सेयर बेच्ने अनि त्यहि पैसा स्त्यान्डर्ड चार्टडको एफपीओ हाल्ने दाउमा छन् भने कोहि बजार अझै घट्ने निश्चित प्राय: भएपनि बजार बढाएर आफुसंग भएको सेयर बेचेर आनन्दसँग बस्ने दाउमा छन् ।  
तर सत्य आखिर सत्य नै हुन्छ । नेपाली अर्थतन्त्रले १२०० माथिको बजार धान्दैन । 
बजार अझै घट्ने यी कारणहरु हेर्नुहोस् :
१. नेपाल सानो अर्थतन्त्र भएको देश हो जुन बैदेशिक साहयता र रेमिट्यान्समा भर परेको छ । र रेमिट्यान्स घट्दो छ । 
२. अर्थतन्त्रको कुनै बिकास छैन । राजनीति लथालिङ्ग छ । मधेशीहरु आन्दोलनमा छन् । सरकार चुनाव गराउन लागिपरेको छ । मुडभेडको स्थिति टाढा छैन ।
३. उत्पादन क्षेत्रमा ह्राश आएको छ ।
४. जागिर नापएका मान्छेहरु ब्रोकरको अफिस धाइरहेका छन् । देशमा रोजगारीको अवस्था नाजुक छ । पढेलेखेका मानिसहरु बेरोजगार छन् ।
५. सेयरमा लगानी गरेकाहरु पनि बजारबारे ठिक तरिकाले जानकार छैनन् । खेलाडीले विभिन्न समाचार बनाइरहेका छन् । नेपाली सेयर लगानीकर्ताहरुले धेरै अघिदेखि पढ्दै आएको भनिएका केहि अनलाइनहरु नोट लिएर सम्पादकीय लेखिरहेको बुझ्न गाह्रो छैन ।
६. नेपाली पूँजी बजार १२००भन्दा माथि धान्न सक्ने अवस्थामा देशनै छैन । बल गरेर डोकोमा दुध कहाँ अडिन्छ र ?
७. तरलताको उस्तै समस्या छ । यसका बारे मैले धेरै भनीरहनु पर्दैन । 
यी कारणहरु पढिसकेपछि पनि बजार बढ्छ भन्ने लाग्छ भने मनको लड्डु घिउसंग खानुस्र । होइन भने बुझ्नुस्, बजार अझै घट्छ । यहि अनुसार अगाडी बढ्नुहोला । जहिले पनि बजार बढोस भन्ने चाहाना राख्नेहरुलाई मेरो कुरा मन नपर्ला । खरो लाग्ला । त्यसमा मेरो भन्नु केहि छैन । कुरा मेरो पनि सुन्नु, अरुको पनि सुन्नु । विचार आफैं गर्नु ।     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: