×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE : इ-सेवामार्फत किन्दा ‘सस्तोटिकेट’मा ४७०० रुपैयाँ पर्ने टिकेट १०० रुपैयाँमा ! यस्तो थियो ‘बग’, यसरी भयो समाधान

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

EXCLUSIVE : इ-सेवामार्फत किन्दा ‘सस्तोटिकेट’मा ४७०० रुपैयाँ पर्ने टिकेट १०० रुपैयाँमा ! यस्तो थियो ‘बग’, यसरी भयो समाधान

१३ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सस्तो टिकेटबाट अनलाइन टिकेट किनेर इसेवा मार्फत तिर्दा, ४७०० रुपैयाँ पर्ने टिकेट १०० रुपैयाँमा पाइने गरी भेटिएको गम्भीर ‘बग’ पत्ता लगाउने किशोरलाई उक्त कम्पनीले पुरस्कृत गरेको छ । यस्तो ‘बग’ भेट्टाएर सचेत गराएको भन्दै सस्तो टिकेटले हाल कक्षा १२ मा पढिरहेका १८ बर्षीय अर्विन  गोदारलाई रु ५००० नगदद्वारा पुरस्कृत गरेको हो । उनले यसअघि सस्तो टिकेट र लिभिङ विथ आइसीटी नामक पत्रिका ‘सब्स्क्राइब’ गर्दा ४७०० रुपैयाँको टिकेट १०० रुपैयाँमा पाइने गरेको र ५० रुपैयाँ पर्ने सफ्ट कपि १० रुपैयाँमा किन्न मिलेको बग पत्ता लगाएका थिए । यसबारे अर्थ सरोकार डटकमले समाचार प्रकाशन गर्दा धेरैजसो पाठकले ‘फेक न्यूज’ भएको आरोप लगाएका थिए । 
यस्तो थियो बग, यसरी भयो समाधान 
इसेवा मार्फत टिकेट किन्दा ४७०० रुपैयाँको टिकेट १०० रुपैयाँमा किन्न मिल्ने बग सस्तो टिकेट लगायतका केहि साइटहरुमा भेटिएको थियो । उक्त बगबारे जानकारी दिएपछि सस्तो टिकेट र इसेवाको सहकार्यमा उक्त बगको समाधान भएको  बुझिएको छ ।  यद्यपी यस्ता बगहरु अरु थुप्रै साइटमा हुन सक्ने समेत बुझिएको छ । 
के भन्छन् अर्विन गोदार ?
सस्तो टिकेटको हकमा सस्तो टिकेटमा ‘बग’ थियो भने लिभिङ वीथ आइसीटी’मा पनि यस्तै समस्या देखिएको  थियो। अरु साइटमा पनि यस्ता बग हुन सक्छन् । उहाँहरुलाई भेटेर मैले सबै जानकारी दिएँ । सस्तो टिकेटका सरले मलाई ५००० रुपैयाँ इनाम पनि दिनुभयो ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै गोदारले भने । ‘मेरो उदेश्य भनेको कसैको समस्या पत्ता लागेमा भनीदिने हो ।’ उनी अगाडी भन्छन्, ‘कसैलाई क्षति पुर्याउने मेरो कुनै उदेश्य नभएकाले मैले स-प्रमाण उहाँहरुलाई यसबारे जानकारी गराएँ । एउटा रमाइलो कुरा त के छ भने अरविन्द गोदार यसअघि नेपाल टेलिकमको साइट ह्याक गरेर चर्चामा आएका बिकास पौडेलका नजिकका साथी समेत हुन् ।      

यस्तो थियो इ-सेवाका सीइओको प्रतिक्रिया :
अरविन्द गोदारले यस्तो बग पत्ता लगाएको थाहा पाएपछि यता इ-सेवाका सीइओ अस्गर अलीसँग यसबारे कुरा गर्दा उनले यस्तो बग पत्ता लागेको बारे थाहा नभएको र यसबारे बुझ्ने बताएका थिए । अहिले उक्त ‘बग’ समाधान भइसकेको इसेवा स्रोतले बताएको छ । यस्तो बग फेला परेको र यसबारे समाचारसमेत प्रकाशित भएको भन्ने खबर पाएपछि उनले इसेवाका आफ्ना कर्मचारीहरुलाई सकेसम्म उक्त बग समाधान गर्न आदेश दिएका थिए । उनले त्यसरी कम रकममा कारोबार भएका इसेवाका आइडीहरु समेत ‘ब्लक’ गराएका थिए ।  

(अझै केहि वेव साइटमा पनि त्यस्तै समस्या भएको जानकारीका आधारमा हामीले भिडियो पोष्ट गरेका छैनौं । उक्त भिडियो अर्थ सरोकार डटकमसँग सुरक्षित छ ।- सम्पादक )  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: