Skip to content
LAXMI SUNRISE BANK

तपाईँले फेसबुक चलाइदिएका कारण फेसबुकलाई प्रति प्रयोगकर्ता झण्डै पाँच डलर कमाई

अर्थ सरोकार

एजेन्सी  – फेसबुक विश्वकै धनी कम्पनी मध्ये एक हो। कम्पनीले बुधबार आफ्नो कमाई सार्वजनिक गरेको छ । पछिल्लो तीन महिनामा फेसबुकको विज्ञापनबाट हुने आम्दानी ५३ प्रतिशतले बढेको छ। फेसबुकको आम्दानी र यसका प्रयोगकर्ताको संख्यालाई विश्लेषण गरेर सिएनबिसीले प्रति प्रयोगकर्ता कति कमाई फेसबुकले गर्‍यो भन्ने हिसाब निकालेको छ। 
सिएनबिसीका अनुसार तपाईँले फेसबुक चलाइदिएका कारण कम्पनीले ४।८३ अमेरिकी डलर प्रति प्रयोगकर्ता कमाएको छ। अमेरिका र क्यानडा जस्तो देशमा तपाईँ बस्नुहुन्छ भने त्यहाँका प्रति प्रयोगकर्ता वापत फेसबुकले कमाउने रकम अझै बढी छ। ती देशमा विज्ञापनबाट हुने कमाई पनि बढी हुन्छ। सिएनबिसीका अनुसार ती देशमा प्रति प्रयोगकर्तावापत् फेसबुकले १९।८१ अमेरिकी डलर कमाएको छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK