×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साढे दुई करोडको लागतमा नेपाल मै पहिलोपटक फाईवर झोलाको उद्योग रत्ननगरमा स्थापना ।

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

साढे दुई करोडको लागतमा नेपाल मै पहिलोपटक फाईवर झोलाको उद्योग रत्ननगरमा स्थापना ।

१७ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा / अर्थ सरोकार डटकम 

चितवन – ‘सुन्दर, समृद्ध सबैको अभ्यास, प्लाष्टिक झोला निर्मुलीकरण हाम्रो प्रयास’ भन्ने नारा तय गर्दै युनाइटेड चितवन प्रा.लि. ले रत्ननगरमै पहिलोपटक फाईवर झोला सञ्चालनमा ल्याएको छ । स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले ४७ जना युवा व्यवसायीहरुको संयुक्त लगानीमा फाईवर झोला सञ्चालनमा ल्याएको हो । विकराल बन्दै गईरहेको प्रदुषणलाइ नियन्त्रण गर्न फाईवर उद्योग स्थापना गरेको उद्योगका अध्यक्ष शिवलाल श्रेष्ठले बताए । 
“प्लाष्टिकका कारण नेपाल नै वातावरण प्रदुषित भईरहेको बताउदै उनले प्लाष्टिकको झोला विस्थापित गर्न रत्ननगर १२ स्थित अमिलियामा २ करोड ५० लाखको लागत मा फाईवर झोला उत्पादन गर्ने उद्देश्यले उद्योग लाइ सञ्चालनमा ल्याइएको समेत अध्यक्ष शिव लाल श्रेष्ठले बताए । सो उद्योगको क्षमता हाल दैनिक एक हजार किलो झोला उत्पादन गर्ने गरिरहेको छ । उद्योगबाट बेड कभर, कोट कभर सहित विभिन्न साईजका झोला हरु उत्पादन गर्न थालिएको छ । उनका अनुसार सो झोला प्लाष्टिक को विकल्प, पुन : प्रयोग गर्न मिल्ने, धेरै पटक प्रयोग गर्न मिल्ने, नष्ट गर्न मिल्दछ । 
कार्यक्रमका प्रमुख अतिथी रहेका रत्ननगर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सिताराम पोखरेलले उद्योगको उद्घाटन गरेका थिए । सो अवसरमा वोल्दै निमित्त कार्यकारी अधिकृत पोखरेलले औद्योगिक प्रतिष्ठान लोप भईरहेको अवस्थामा नगरपालिकासंग  सम्बन्धित वातावरणमैत्री उद्योग स्थापना हुनु महत्वपुर्ण हुने बताए । ‘वातावरणसँग भाव राख्दै सञ्चालित उद्योग स्थापना हुनु खुसीको कुरा हो’, निमित्त कार्यकारी अधिकृत पोखरेलले भने, फाईवर झोलाको राष्ट्रिय स्तरमा वजारीकरण गर्न नगरपालिकाले सहयोग गर्ने रत्ननगर नगरपालिकाको वडा नम्वर ८ लाई वातावरणमैत्री घोषणा गरिसकेको छ भने सन् २०२० सम्म नगरलाई नै वातावरण मैत्री बनाउने लक्ष्य नगरपालिकाको रहेको निमित्त कार्यकारी अधिकृत पोख्रेलले बताए । त्यस्तै, उद्योग स्थापना पश्चात त्यहाँ १२ जनाले रोजगारी पाएको बताउदै उद्योगका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
व्यवसायीले आफ्नो ब्यापार व्यवसायको प्रर्वद्धन गर्न विज्ञापनको माध्यमबाट ग्राहकमाझ पुर्याउनका लागि पनि फाईवर झोला महत्वपुर्ण हुने उनको जोड थियो । रत्ननगरलाई वातावरणमैत्री नगर वनाउन फाईवर उद्योग कोसेढुङ्गा सावित हुने बताउदै रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विसुरालले उद्योग स्थापनाले रोजगारीको सृजना गर्नुका साथै स्थानिय क्षेत्रको विकास र आर्थिक समृद्धी हुनेमा विश्वास व्यक्त गरेका थिए ।  
त्यस्तै उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठले थोरै थोरै रकमलाई एकिकृत गरेर यहाँका व्यवसायीहरुले लगानी सुरक्षित गर्ने गरी उद्योग को स्थापना गरेकोमा प्रशंसा व्यक्त समेत गरेका थिए । प्रालिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रत्ननगरका संस्थापक नगर प्रमुख नारायण वन, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ, नगर विकास समिति रत्ननगरका अध्यक्ष दिपक पौडेल,नेकपा एमाले नगर अध्यक्ष बद्री घिमिरेले समेत मन्तव्य राखेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: