×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आगलागी बाट १५ लाख बराबरको क्षति

GLOBAL IME BANK

आगलागी बाट १५ लाख बराबरको क्षति

४ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

सप्तरी – मङ्गलबार साँझ सप्तरीको पोर्ताहा–५ मा आगलागी हुँदा १५ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

स्थानीयवासी चन्द्रदेव खिडहरी यादवको घरबाट सल्केको आगोले निजको एउटा घर, छिमेकी जुगाई खिडहरी यादवको एक र शङ्कर खिडहरीको एक गरी तीनवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । आगलागी विधुत सट भएर भएको प्रहरीले बताउनुभयो ।
घरभित्र रहेका खाधान्न, कपडा, अन्नपात, भाँडालगायत नगद तथा जिन्सी गरी करिब पन्ध्र लाख रूपैयाँ मूल्य बरावरको क्षति भएको पीडितले बताएका छन् । आगोलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: