
- प्रनिश थापा / अर्थ सरोकार डटकम
काठमाण्डौ – नेपाल पत्रकार महासंघ चितवनको ११ औँ अधिवेशन आगामी फागुन १७ गते हुने भएको छ । महासंघको कार्यालयमा सम्पन्न बैठकले अधिवेशन सम्पन्न गर्न अध्यक्ष हरिप्रसाद पोखरेलको संयोजकत्वमा पदाधिकारी, सदस्य र सल्लाहकारसहितको मूल व्यवस्थापन समिति निर्माण गरेको जानकारी दिएको छ ।
अधिवेशनले चितवन शाखामा आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । निर्वाचन सम्पन्न गर्नका लागि बैठकले वरिष्ठ पत्रकार गोविन्दराज विनोदी मुख्य निर्वाचन अधिकृत रहने गरी अधिवक्ता राजकुमार श्रेष्ठ र क्रियाशील पत्रकार एकल सिलवाललाई निर्वाचन अधिकृत तोकेको छ । हाल शाखामा १९४ सदस्य रहेका छन् ।
५३ जना पत्रकारलाई नयाँ सदस्यता स्वीकृतिका लागि शाखाले केन्द्रमा सिफारिस गरेको छ । अधिवेशन समयमा हुन नसक्ने अवस्था आएमा अधिवेशन को अर्को मिति तोक्ने अधिकार बैठकले पदाधिकारीहरुलाई दिएको छ । अधिवेशनबाट कार्यसमिति, प्रदेश सभासद् र केन्द्रीय सभासद् छानिने भएको छ ।
अधिवेशन सम्पन्न गर्न कृष्ण गिरीको संयोजकत्वमा स्मारिका प्रकाशन समिति, दिपेन्द्र बडुवालको संयोजकत्वमा स्वागत सत्कार समिति, सविता श्रेष्ठको संयोजकत्वमा प्रतिवेदन तयारी समिति,होमनाथ सापकोटाको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, प्रमिता ढकालको संयोजकत्वमा मञ्च सजावट समिति निर्माण गरेको छ ।
यसैगरी प्रविण दत्तको संयोजकत्वमा भोजन व्यवस्थापन समिति, अनिल ढकालको संयोजकत्वमा मायाको चिनो व्यवस्थापन समिति, शान्ता अधिकारीको संयोजकत्वमा स्टेशनरी व्यवस्थापन समिति, रामकान्त पौडेलको संयोजकत्वमा स्वयम्सेवक परिचालन समिति , गोविन्द घिमिरेको संयोजकत्वमा आवास व्यवस्थापन समिति, प्रकाश सिग्देलकोसंयोजकत्वमा सचिवालय व्यवस्थापन समिति र दुर्गा कुमारी रेग्मीको संयोजकत्वमा सञ्चार प्रविधि व्यवस्थापन समिति निर्माण गरिएको छ ।
बैठक ले सबै समितिलाई सहयोग गर्ने गरी शोभा पुडासैनीलाई सदस्य सचिवको जिम्मेवारी दिएको छ । अधिवेशनका अवसरमा शाखाले स्थापना गरेको स्व। तिलचन साँखी स्मृति पत्रकारिता पुरस्कारको रकम वृद्धि गरी यस वर्ष दुई जना पत्रकारलाई जनही १० हजार १५१ रूपैयाँ र सम्मानपत्रप्रदान गरिने छ ।
अधिवेशनमा ५१ हजार १५१ रूपैयाँको मैयादेवी पत्रकारिता पुरस्कार, १० हजार १११ रूपैयाँको सुश्री, मैयादेवी पत्रकारिता पुरस्कार, ५० हजार ५१ रूपैयाँको अनन्तगंगा पत्रकारिता पुरस्कार र ११ हजार १११ को बालकुमारी विष्णु कुमारी अभ्युदय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । सबै पुरस्कार छनौट गर्न गठन भएको निर्देशिका बमोजिम छनौट समिति निर्माण भएको शाखाले जनाएको छ ।
अधिवेशनकै अवसरमा शाखाले स्थापना गरेको ईलाइब्रेरी सहितको सूचना केन्द्रको पनि उद्घाटन गरिनेछ । बैठक शाखा अध्यक्ष हरिप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्