
- प्रनिश थापा /अर्थ सरोकार डटकम
काठमाण्डौ – आफ्ना चार बुदे माग पूरा गराउन भन्दै यहाँका तीन पत्रकार संगठनहरुले नेपाल पत्रकार महासंघ चितवन शाखालाइ ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्र बुझाउनेमा नेपाल प्रेस युनियन चितवन, प्रेस सेन्टर चितवन र क्रान्तिकारी पत्रकार महासंघ चितवन रहेका छन् ।
पत्रकार महासंघ चितवन शाखाको सभाहलमा आयोजीत एक समारोहका बीच पत्रकार महासंघ का अध्यक्ष हरिप्रसाद पोखरेललाई प्रेस युनियन चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवाली र क्रान्तिकारी पत्रकार महासंघ चितवनका अध्यक्ष सूर्य बरालले संयुक्त रुपमा ध्यानार्कषणपत्र बुझाएका हुन् ।
तीन संगठनहरुले नेपाल पत्रकार महासंघ चितवनले हाल सिफारिस गरेका सदस्यहरु मध्ये केहीको मुख्य पेशा पत्रकारितामा नरहेको हुँदा त्यसलाई वदर गरि पुनः सिफारिस गनुपर्ने, छुटेका क्रियाशिल पत्रकारहरुलाई समेत समावेश गर्नुपर्ने, शुद्धीकरण मा ध्यान दिदै मुख्य पेशा पत्रकारिता नभएकाहरुको नविकरण गर्न नहुने र नेपाल पत्रकार महासंघको रत्ननगर चितवनमा भएको केन्द्रीय साधारण सभा र महासंघ चितवनको भवन निर्माणको हिसाबकिताब समेत सार्वजनिक गर्नुपर्ने माग राखेका छन् ।
पत्रकार महासंघ चितवन शाखाले शुद्धिकरणमा ध्यान नदिएको कारण केहि क्रियाशिल पत्रकारहरु बाहिर रहेकोमा उनीहरुको माग संगसंगै पुरा गनुपर्ने पत्रमा उल्लेख छ । कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवाली र क्रान्तिकारी पत्रकार महासंघ चितवनका अध्यक्ष सूर्य बरालले नेपाल पत्रकार पूर्वाग्राहि ढङ्गले महासंघको बिधान , बिधि र प्रकृया मिची मनोमानी रुपले उपलब्ध गराएको सदस्यता र नबिकरण प्रकृया प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उल्लेखीत माग यथाशीघ्र पुरा नभए आफूहरु चरणवद्ध रुपमा आन्दोलनमा जाने चेतावनी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्