×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आशा लामालाई चोट लाग्दा स्वास्थ्यमन्त्री थापाको अंग दान

LAXMI SUNRISE BANK
GLOBAL

आशा लामालाई चोट लाग्दा स्वास्थ्यमन्त्री थापाको अंग दान

१६ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – यो दुवै घटना आइतबार घट्न गयो । संयुक्त अरब इमिरेट्स(युएस) का लागि राजदूतमा सिफारिस भएकी आशा लामाको राजदूतबाट फिर्ता र स्वास्थ्यमन्त्री गगन थापाको अंग दान कार्यक्रम ।
हो, आइतबार युएसका लागि सिफारिस भएकी राजदूत लामासँगै मधेसी कोटाबाट ओमनका लागि राजदूतमा सिफारिस भएकी शर्मिला पराजुलीको नाम हट्दै गर्दा स्वास्थ्यमन्त्री गगनकुमार थापाले शरीरका सात वटा अंग दान गर्ने घोषणा गरे । स्वास्थ्य दिवसका दिन थापाले मृत्युपश्चात् मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत दान गर्ने उद्घोष गरिसकेका छन् ।
आशा लामा तिनै महिला हुन्,दोस्रो संविधानसभाको चुनावमा काठमाडौं क्षेत्र नं ४ मा गगन थापाविरुद्ध हेलिकप्टर चुनाव चिन्ह लिएर चुनवी मैदानमा उत्रिएकी थिइन् । । उनले १५ मत पाएकी थिइन् । तर, केही दिनअघि अचम्म भयो । उनी कांग्रेस कोटाबाटै यु्एसका लागि राजदूतमा सिफारिस भइन् । त्यसलगत्तै उनका काला धन्दाहरु सार्वजनिक भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री निधिलाई फोन गरेर चाँडोभन्दा चाँडो उनलाई राजदूतबाट हटाउन भन्दै झपारेका थिए । सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई समेत यो विषयका बारेमा सोधखोज गरे ।
अहिले,लामाका धाला धन्दाहरु सार्वजनिक हुने क्रम जारी नै छ । नागरिकतालगायत अन्य किर्ते काम गरेको प्रमाणहरु फेला परेका छन् । राजदूतमा सिफारिस भएको खुसियालीमा भोजभतेर चलाउँने कार्यक्रम समापन गर्न नपाउँदै एक्कासी पदमुक्त हुनुप¥यो । अहिले उनी रुनु न हाँस्नु जस्तो भएकी छिन् । यससँगै अन्य देशका लागि सिफारिस गरिएका राजदूतहरुको चियोचर्चा गर्न थालिएको बताइएको छ ।
  • एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी