
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – गण्डकी विकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ६१ दशमलब ९९ प्रतिशतले खुद मुनाफा बढाएको छ। फेवा विकास बैंकसंग मर्जर प्रक्रियामा रहेको गण्डकीले यस अवधिमा ९ करोड ३३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
बैंकले यस अवधिमा ५ अर्ब ८७ करोड निक्षेप संकलन गरि ५ अर्ब १७ करोड कर्जा प्रवाह गरेको छ। गत बर्षको यस अवधिमा बैंकले ५ अर्ब ३ करोड निक्षेप संकलन गरि ४ अर्ब ५ करोड कर्जा प्रवाह गरेको छ।
यस अवधिमा बैंकले १७ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत बर्षको यस अवधिमा बैंकले ११ करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
यस अवधिमा बैंकको चुक्ता पुंजी ६४ करोड ३९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष रकम २० करोड ३६ लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात शुन्य दशमलब २२ प्रतिशतमा स्थिर रहेको छ।
यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २८ रुपैयाँ ९८ पैसा, प्रति सेयर नेटवर्थ १३१ रुपैयाँ ६३ पैसा, मूल्य आम्दानीको अनुपात १७ दशमलब ४४ गुणा रहेको छ। हाल बैंक फेवा बैंकसंग मर्जर प्रक्रियामा रहेको छ।
यता गण्डकीसंग मर्जर प्रक्रियामा रहेको फेवा विकास बैंकले यस आर्थिक बर्षको पहिलो ६ महिनामा १८ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। जुन गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा ६५ प्रतिशतले बढी हो।
पोखरा बेश राष्ट्रिय स्तरका यी दुवै बिकास बैंकबीच यस आर्थिक बर्षको पहिलो ६ महिनामा राम्रो प्रगति विवरण पेश गर्न प्रस्तिपर्धा जस्तै देखिएको छ। मर्जर पश्चात बैंकले गण्डकी विकास बैंकको नामबाट एकीकृत कारोबार गर्ने जनाइएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्