×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चैत २५मा घरजग्गा मेला हुने, भूकम्प प्रतिरोधी घर र अपार्टमेन्टको बारेमा जानकारी दिईने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चैत २५मा घरजग्गा मेला हुने, भूकम्प प्रतिरोधी घर र अपार्टमेन्टको बारेमा जानकारी दिईने

३ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – आगामी चैत्र २५ गते देखि २८ गते सम्म राजधानीमा घरजग्गा मेला हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा हुन लागेको छैटौ संस्करणको मेलाले घरजग्गा व्यवसायको वर्तमान अवस्था, समस्या, समाधानका उपाय र भावी अवसरका बारेमा जानकारी गराईने आयोजकले बताएका छन् ।
मेलामा स्वदेशी तथा विदेशी गरी १ सय २० वटा स्टल रहने छन्। भूकम्प प्रतिरोधी घर, अपार्टमेन्ट, जग्गा विकास, निर्माण सामाग्रीका विक्रेता, ईन्जिनियरिङ कन्सल्ट्यान्ट, बैंक र बीमा कम्पनीहरुका मेलामा स्टल रहने आयोजकले जनाएको छ ।
मेलामा विद्युतीय सरसामान, फर्निचर, पाईप,स्यानेटरी फिटिङ, पेन्टस, सवारी साधन सजावट, बीमा, बैंकिङ र वस्तुकला व्यवसयीले परामर्श दिने संघले जनायो ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: