
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – मालपोत कार्यालय भक्तपुरमा कार्यरत तीन कर्मचारी घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरीले ६ लाख १४ हजार रुपैयाँ घुससहित उनीहरुलाई बिहीबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मालपोत कार्यालय भक्तपुरका नायव सुब्बा ऋषिराम बुढाथोकी, लेखनदास विष्णु विश्रुतु र कार्यालय सहयोगी केशव खत्री रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई मालपोत कार्यालय नजिकै रहेको सूवर्ण भोजनालयमा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । मोहीले भोगचलन गरेको १३ रोपनी गुठीको जग्गा व्यक्तिको नाममा नामसारी गर्ने कामका लागि उनीहरुले घुस लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुढाथोकीको साथबाट ४ लाख ४ हजार ५ सय, खत्रीको साथबाट १ लाख २९ हजार ५ सय र निश्रुतुको साथबाट १ लाख रुपैयाँ बरामद भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्