×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चोरी घटना अत्याधिक बढेपछि सुनचाँदी व्यवसायी आन्दोलित, चोरले सिसी क्यामेरासमेत लग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चोरी घटना अत्याधिक बढेपछि सुनचाँदी व्यवसायी आन्दोलित, चोरले सिसी क्यामेरासमेत लग्यो

Artha Sarokar

१ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – चितवनको नारायणगढस्थित पसलहरुबाट पटक पटक सुनचाँदी चोरी हुँदा पनि संलग्नहरुलाई स्थनीय प्रशासनले पक्राउ गर्न नसकेको भन्दै व्यवसायीहरु आन्दोलित भएका छन् । व्यवसाय सुरक्षा र चोरीमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै सुनचाँदी व्यवसायीले आन्दोलन थालेका हुन् । 
आन्दोलनका लागि नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका निर्वतमान अध्यक्ष विपेन्द्र रामुदामुको संयोजकत्वमा संघर्ष समिति बनाइएको छ । समितिले आइतबार थप आन्दोलनका कार्यक्रमहरु तय गर्ने जनाएको छ । नारायणगढमा रहेको आधुनिक सुनचाँदी पसलबाट यही माघ २० गते राति ४ किलो सुन र ४ किलो ५०० ग्राम चाँदीसहित नगद ७ लाख रुपैयाँ चोरी भएको थियो । 
शुक्रबार राति फेरी अनुग्रह गहना सप्लायर्सबाट करिब ८ लाख बराबरको सुनको जलप गरिएका गहनाहरु चोरी भएको व्यवसायीहरुले बताएका छन् ।  प्रकृति हेर्दा दुवै घटना उस्तै रहेको स्थानीय अमिर रामुदामुले बताए । व्यवसायी सूर्यबहादुर विक सुमनका अनुसार बिहान पसल खोल्न जाँदा अर्कै ताला लागिएको पाइएको थियो ।  
चोरीको घटनाले व्यवसायीहरुमा त्रास बढेको सुनचाँदी व्यवसायी संघ चितवनले जनाएको छ । यसअघि उनीहरुले सुरक्षाको माग गर्दै प्रशासनमा ८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए। त्यसपछि उनीहरुले एकदिन व्यवसाय नै बन्द गरे । यता प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । पसलमा रहेको सिसी क्यामेरासमेत चोरले नै लगेकाले अनुसन्धानमा समस्या भएको प्रहरीको भनाइ छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी