साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रति तोला ५५ हजार ६ सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५५ हजार ८ सयमा कारोबार भई रहेको छ ।
त्यस्तै चांदी प्रति तोला ८ सय २५ रुपैयाँमा कारोबार भई रहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज शुक्रबार ९९ दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ८ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ७ रुपैयाँ ५० पैसा कायम गरेको छ।