Skip to content
LAXMI SUNRISE BANK

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – साताको अन्तिम दिन शुक्रबार दुवै खाले छापावाल सुनको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५५  हजार २ सयमा कारोबार भएको  ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा १  सयले घटेर प्रति तोला ५५ हजार १ सयमा कारोबार भई रहेको छ । त्यस्तै ९९ दशमलव ५० प्रतिशतको सुन पनि तोलामा १  सयले घटेर प्रति तोला ५४  हजार ८ सयमा कारोबार भई रहेको छ । 
चाँदी तोलामा १० रुपियाँले घटेर प्रति तोला  ८  सय  रुपियाँमा कारोबार भई रहेको छ  ।  
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज शुक्रबार  ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७   हजार २ सय ४०  रुपियाँ तोकेको छ भने प्रति १० ग्राम ९९ दशमलव ५० प्रतिशतको सुनको मूल्य ४६ हजार ९ सय ८५ रुपियाँ कायम गरेको छ । प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ८८  रुपियाँ तोकेको छ । 
यहि माघ ३ देखि बजारमा २ थरि छापावाल सुन कारोबारमा आएको हो । गुणस्तरका आधारमा छापावाल सुनको भाऊ दुई थरी कायम गरिएको हो। हालसम्म ९९ दशमलव ५० प्रतिशत शुद्धताको सुनको कारोबार हुने गरेकोमा एनआईसी एसिया बैंकले ९९ दशमलव ९९ प्रतिशतको सुन बिक्रीका लागि खुला गरेकाले बजार भाऊ दुई थरी कायम गरिएको हो । 
९९ दशमलव ५० प्रतिशत भन्दा ९९ दशमलव ९९ प्रतिशतको सुनमा आधा प्रतिशतको गुणस्तर फरक हुने गर्दछ । बैंकहरुले व्यवसायीहरुलाई ९९ दशमलव ९९ प्रतिशतको सुन उपलब्ध गराएको भएपनि ग्राहकहरुले राम्रोसंग नबुझ्ने बेलासम्म कारोबार गर्न केहि दिन अन्यौल हुने सुन व्यवसायीहरुले बताएका छन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK