×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्याउनु हुन्छ ? तलब बढी भएर कर्मचारीले जागीर छोडे

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पत्याउनु हुन्छ ? तलब बढी भएर कर्मचारीले जागीर छोडे

५ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – तलब थोरै भएर जागीर  छाडेको उदाहरण त सामान्य नै हो । तलबसम्बन्धी कुरा नमिलेपछि कर्मचारी अन्यत्र जान्छन् । तर, तलब बढी भएर कामै नै छोड्ने कर्मचारीबारे भने कमैले मात्र सुनेका होलान् । अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन गूगलले भने यस्तै परिस्थितिको सामना गर्नु परेको छ । गूगलको स्वचालित कार उत्पादन गर्ने कम्पनी वेमोका कर्मचारीहरुले बढी पैसा पाएकै कारण काम छोडेका छन् ।
सन् २०१० मा कम्पनीले स्वचालित कार सार्वजनिक गरेपछि कर्मचारीका लागि पनि उसले एक छुट्टै खालको तलब प्रणाली पनि ल्याएको थियो । कम्पनीले कर्मचारीलाई तलबका रुपमा दिइने रकम थप गर्नुका साथै उसलाई व्यवसायमा बोनस र शेयरहरु पनि दिने योजना ल्यायो । 
परियोजनाको काम राम्रोसँग गर्ने कर्मचारीलाई प्रोत्साहन गर्नका निम्ति कम्पनीले यस्तो योजना ल्याएको हो । तर, यसरी दिइएको शेयर र बोनसको भाउ बढ्दै जाँदा त्यसको मूल्य पनि बढ्दै गयो । यसरी रकम बढ्दै जाँदा सन् २०१५ सम्म आइपुग्दा अधिकांश कर्मचारीहरुसँग यति धेरै पैसा भयो कि उनीहरुले थप काम गर्नै परेन । त्यसकारण उनीहरुले अन्य अवसरको खोजी गर्नका लागि गूगलको जागीर नै छोडिदिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: