
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले बुधबार लिएको क्लासमा बैंकर्सले आक्रमक रुपमा कर्जा विस्तार गर्नु गल्ति भएको स्वीकारेका छन् ।
गभर्नर नेपालले वालुवाटार कार्यालयमा डाकेर चार वटै वर्गका वित्तीय संस्था संघका अध्यक्षहरुलाई बुधबार क्लास लिएका थिए । गभर्नरले कर्जा(पूँजी(निक्षेप अनुपातको सीमा ८० बाट ८५ नपुर्याउने स्पष्ट पार्दै शक्ति केन्द्र धाएर दवाव नदिन भनेका थिए । गभर्नरले ब्याज दर बृद्धिदेखि ओभरड्राफ्ट, गाडी कर्जासम्म कडाइ गर्ने बताए ।
गभर्नरको लामो क्सालपछि बैंकहरुले राष्ट्र बैंकले भनेका सबै कुरा मान्ने बताए। सबैभन्दा पहिले बाणिज्य बैकहरुको छाता संगठन बैंकर्स संघका अध्यक्ष अनिल शाहले अस्तिका दिन संसदीय समितिमा वित्तीय क्षेत्रको तर्फबाट डिफेन्सु गरिदिएकोमा गभर्नरलाई धन्यवाद दिए ।
गभर्नरको क्लासमा शाह, विकास बैंक संघका अध्यक्ष कृष्णराज लामिछाने, फाइनान्स कम्पनी संघबाट सरोजकाजी तुलाधरलगायत थिए। राष्ट्र बैकबाट गभर्नरसहित दुबै डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, नियमन, सुपरिभिजन र अनुसन्धान विभागका कार्यकारी निर्देशकहरु पनि थिए ।
विस्तारकारी बजेट आएकाले त्यसलाई पच्छ्याउन ऋण विस्तार गर्दा अहिले समस्या भएको हो भन्यौुं शाहले भने, अब हामी कर्जा विस्तार कम गर्छौं र समस्या समाधानको दिशातर्फ अगाडि वढ्छौं भनेर राष्ट्र बैकलाई आस्वस्थ पार्यौं ।
उनले राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा नीतिहरुमा गरेको पुनरावलोकनहरुलाई बैंकहरुले सहर्ष पालना गर्ने बताए । बैंकर्सहरुले ब्याज दर बृद्धिमा अब चनाखो भएर अगाडि बढ्ने भन्दै राष्ट्र बैकलाई आस्वस्थ पार्यो । विकास बैक संघका अध्यक्ष लामिछानेले भने वाणिज्य बैकहरुका कारण अहिलेको समस्या आएको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्