
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – वाणिज्य बैंकहरुले गाडी सेयर तथा घरजग्गामा केही समय ऋण लगानी नगर्ने भएका छन् । गभर्नर र बैंकरहरुको बैठकमा गभर्नर डा. चिरञ्जिबी नेपालले बैंकहरुलाई यस्तो निर्देशन दिएका हुन् । गभर्नरको निर्देशनमा बाणिज्य बैंकहरुका प्रमुख पनि सहमत भएको खबर छ ।
गभर्नर नेपालले घरजग्गा र सेयरधितो कर्जामा जस्तै गाडीमा पनि ऋणको सीमा
तोक्ने अवस्था आइसकेको बताएका थिए । राष्ट्र बैंकले लिएको
नीतिलाई पच्छ्याउँदै बैकहरुले अहिले अनुत्पादक शिर्षकमा पर्ने गाडी कर्जा
रोक्ने निर्णय गरेका हुन् ।
आज गभर्नरले वाणिज्य बैंकहरुलाई बोलाएर निर्देशन दिनुको मुख्य कारण ‘एनआइसी-एसिया बैंक’ ले सुरु गरेको प्रोपोगान्डा भएको बुझिएको छ । ‘एनआइसी एसिया बैंकका सीइओ अहिले बजार घटाउन लागि परेका छन् । त्यसै अनुसार हिजो बैंकले सेयर लिलामी गराएको थियो । उनको समूहको चर्को दवावपछी गभर्नरले समेत यस्तो निर्णय गरे । बजार ‘क्र्यास’ को दिशामा लैजाने एनआइसी एसियाको प्रयास धेरै हदसम्म सफल हुने आशंका बढेको छ। ‘ राष्ट्र बैंककै एक कर्मचारीले अर्थ सरोकार डटकमसंग भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्