×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फलोअप : चितवन जिशिअको गाडी दुरुपयोग बारे आवश्यक अनुसन्धान गर्न गृह मन्त्रालयलाई ताकेता

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

फलोअप : चितवन जिशिअको गाडी दुरुपयोग बारे आवश्यक अनुसन्धान गर्न गृह मन्त्रालयलाई ताकेता

३ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा /अर्थ सरोकार डटकम  
काठमाण्डौ –  चितवनका जिशिअ गोबिन्द प्रसाद अर्यालले गाडी दुरुपयोग गरे नगरेको बारे अब गृहमन्त्रालयले आवश्यक छानबिन गर्ने भएको छ । शिक्षा मन्त्रालयले सोधेको स्पष्टीकरणमा चित्तबुझ्दो नभएपछि प्रधानमन्त्री कार्यालयले पुनस् फागुन २ गते सोमबार गृह मन्त्रालयलाई पत्र काटेको हो । 
उक्त पत्रको चलानी नम्बर ४८४०५ मार्फत अर्थ सरोकारमा आएको खबरको बास्तबिकता के हो रु चितवनका जिशिअ गोबिन्द प्रसाद अर्यालले गाडी दुरुपयोग गरेको बारे स्पष्ट प्रमाण हुँदा हुँदै पनि शिक्षा मन्त्रालयले आवश्यक अनुसन्धान नै नगरी एकतर्फी मात्रै कुरा किन सुनेको ?  जिशिअले गाडी दुरुपयोग गरेको छैन् भने , यो दृश्यमा देखेको बास्तबिकताको पर्दा पछाडी के हो रु लगायत बिषयमा प्रश्न उठाउदै प्रधानमन्त्रीको कार्यालयले गृहमन्त्रालयमा आवश्यक अनुसन्धान गरि यस कार्यालयलाई तत्कालै जानकारी गराउनु भनी निर्देशन दिएको स्रोतको भनाइ छ ।
स्रोतले दिएको जानकारी अनुसार हामीले काटेको पत्रमा शिक्षा मन्त्रालयले अपरिपक्व जवाफ फर्काएपछि पुनस् प्रमाण सहित गृह मन्त्रालयको  ध्यानाकर्षण गराएका छौँ । ढिला चाँडो बास्तबिकता बाहिरी आउने छ । उता, जिशिअ गोबिन्द प्रसाद अर्याल सित पुनः प्रतिक्रिया लिदा आफूले कुनै सरकारी गाडीको दुरुपयोग नगरेको बताएका छन् । 
तपाईंले सरकारी गाडीको खुलेआम दुरुपयोग गरेको बारे  हामी सित प्रमाण छ नि भन्ने अर्थ सरोकारको जिज्ञासामा उनले  , आफूलाई नियोजित रूपमा फसाउन लागेको बताए हुन्  । उनले भने , कहिँ कतै बाट कसैले गाडी लगेर दुरुपयोग गरे त्यसबारे म बुझ्ने कोसिस गर्ने छु । तर, मैले जिल्लामा आए यता पटकपटक कार्यालयको गाडी दुरुपयोग गरिएको भन्ने हल्ला जुन तरिकाले बाहिर आयो त्यो निदान्त मेरो ईज्जतमा डग लगाउने  उद्देश्यले गरिएको हो उनले भने  । अत: म तपाईंको प्रश्नको उत्तर अहिले दिन्न । उक्त समय आए त्यस्को जवाफ म फर्काउने छु । अन्यथा , चुप लागेर बस्ने छु । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: