×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कार्यालयको गाडी लिएर चितवन जिशिअ काठमाडौंमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कार्यालयको गाडी लिएर चितवन जिशिअ काठमाडौंमा

Artha Sarokar

४ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा /अर्थ सरोकार डटकम 
काठमाण्डौ –  चितवनका जिशिअ गोबिन्द प्रसाद अर्याल र कार्यालयको नाममा रहेको बा।१।झ। ६६३२ नम्बरको सरकारी महिन्द्रा गाडी दुबै गायब भएका छन् । स्रोतले दिएको जानकारी अनुसार चितवनका जिशिअ अर्यालले सोमबार सरकारी गाडी लिएर काठमाडौं गएका हुन् । बिशेषतस्कार्यालयको नाममा रहेको सरकारी गाडी अत्यावश्यक काम बाहेक अरु समयमा चलाउन पाइदैन यदी , चलाएको पाइए दुरुपयोग गरेको सरह मानिन्छ तर, चितवनका जिशिअ त्यस्को कुनै प्रवाह गर्दैनन् ।
कार्यालयमा गाडी नरहेको भन्दै स्रोतले अर्थ सरोकारलाई खबर गरेपछि अर्थ सरोकारका चितवन संबाददाता बुधबार जिल्ला शिक्षा कार्यालय चितवन पुग्यो । विभिन्न ठाउँमा खोजतलास गरेपनि कार्यालयको गाडी भेटिएन । कार्यालयको गाडी लिएर जिशिअ अर्याल काठमाडौं गएको जानकारी स्रोतले गराए लगत्तै हामीले चितवनका जिशिअ अर्याललाई सम्पर्क गरेका थियौं । उनले , कार्यालय कै काम भएकोले आफूले कार्यालयको गाडी लिएर काठमाडौं आएको स्वीकारे ।
उनले  भने, साथीहरुले मलाई कसरी बुझिदिनु भयो त्यो थाहा भएन , कार्यालय को गाडी लिएर अहिले म शिक्षा मन्त्रालय आएको छु । म यसलाई स्विकार्न तयार छु । कार्यालय कै कामको सिलसिलामा जिल्ला बाहिर जानुपरे जिल्ला प्रशासन समक्ष अनिवार्य पास लिनुपर्ने हुन्छ तर, अर्यालले पटकपटक त्यसलाई उल्लंघन गर्दै आउनु भएको छ  ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी