
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – हामा मर्चेन्ट एन्ड फाइनान्स लिमिटेडको खुद नाफा ३९.६६५ ले घटेको छ । योे त्रैमासमा हामाले ५१ लाख ६० हजार रुपैयाँमात्र खुद नाफा कमाएको हो । गत वर्ष हामाले ८५ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, फाइनान्सको खराब कर्जा अनुपात खराब कर्जा बढेर १२.०७५ पुगेको छ । खराब कर्जा बढ्नुले थप चिन्ताजनक अवस्था देखाएको छ ।
२२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको हामाको जगेडा कोषमा भने सात करोड ५० लाख २५ हजार रुपैयाँ छ । यो त्रैमासमा हामाको खुद ब्याज आम्दानी एक करोड ५२ लाख ५६ हजार रुपैयाँ छ । गत वर्ष यही त्रैमासमा हामाको खुद ब्याज आम्दानी एक करोड ११ लाख ७६ रुपैयाँमात्र थियो ।
सम्भावित जोखिमका लागि एक करोड दुई लाख ८८ हजार रुपैयाँ छुट्याएको हामाले २२ लाख ५५ हजार रुपैयाँ राइट ब्याक गर्न पनि सफल भएको छ । प्रतिसेयर आम्दानी चार रुपैयाँ ६६ पैसा (बार्षिकीकरण) रहेको फाइनान्सको प्रतिसेयर नेटवर्थ भने १३३ रुपैयाँ ९५ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्