
- प्रनिश थापा / अर्थ सरोकार डटकम
काठमाण्डौ – पछिल्लो समय अत्यधिक रुपमा अपराधिक क्रियाकलाप हुने गरेको त सबैलाई थाहा नै छ । तर आफ्नै बाबुको हत्या जस्तो कुरा त सामान्य मानिसले कल्पनामा समेत गुर्न सक्दैन । चितवन आदलात्मा भएको घटना नै यसको ज्वलन्त उदहारण हो ।
आफ्नै बाबुको हत्या आरोप लागेका एक युवकलाई चितवन अदालतले जन्मकैदको फैसला सुनाएको छ । चितवन अदालतका न्यायाधीश उमानाथ गौतमको इजलासले बाबुको हत्या आरोपी २८ वर्षका विनोद सापकोटालाई सर्वस्व सहित जन्मकैदको फैसला गरेको हो ।
विनोद सापकोटाविरूद्ध उनकै दाजु ३० वर्षका विकास सापकोटाले असोज २८ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । चितवन जिल्ला अदालतले कात्तिक ११ गते अन्यायी विनोद सापकोटालाई पूर्पक्ष थुनामा राख्ने आदेश दिए पनि बिहीबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो ।
गत असोज २२ गते घरायसी झगडामा भरतपुर उपमहानगरपालिका १९ बस्ने ६३ वर्षका बुबा वसन्त सापकोटालाई धारिलो हतियार प्रयोग गरी विनोद सापकोटाले घाइते बनाएको उपचार गर्न भरतपुर तर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जाहेरीमा उल्लेख थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्