×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रालयको काम छोडेर निजी एयरलाइन्सको पैसामा मलेसियामा मस्ती गर्दै पर्यटनमन्त्री ! नियम मिचेर हिमालय एयरलाइन्सको प्रचारमा संलग्न !

PRIME CA

मन्त्रालयको काम छोडेर निजी एयरलाइन्सको पैसामा मलेसियामा मस्ती गर्दै पर्यटनमन्त्री ! नियम मिचेर हिमालय एयरलाइन्सको प्रचारमा संलग्न !

५ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – हिमालय एयरलाइन्सले पर्यटनमन्त्रीलाईनै प्रयोग गरेर मनपरी गरिरहेको खुलासा भएको छ । एयरलाइन्सले पर्यटनमन्त्री जीवन बहादुर शाहीलाई प्रयोग गरेर एकातर्फ आफ्नो विज्ञापन गरिरहेको खुलासा भएको छ भने अर्कोतर्फ पर्यटनमन्त्रीकी श्रीमती समेतलाई विदेश भ्रमणमा लगेर आफ्नो प्रभावमा पार्न खोजिएको खुलासा भएको छ ।

‘निजी एयरलाइन्सलको छानबिन गर्नुपर्ने मन्त्रीनै यसरी कम्पनीको प्रचारमा लागेपछि एयरलाइन्स कम्पनीले मनपरी गर्न थालेको छ । उक्त एयरलाइन्समै काम गर्ने एक कर्मचारीले अर्थ सरोकार डटकमसंग भने ।  उनका अनुसार गत शुक्रवार मन्त्री शाही हिमालय एयरलाइन्सका पदाधिकारीसहित मलेसिया भ्रमणका लागि गएका थिए । ‘मन्त्रालयका केहि महत्वपूर्ण काम समेत छोडेर  मन्त्री शाही मलेसिया पुगेका थिए । फागुन २ मा नेपाल फर्किएका मन्त्री आफ्नी श्रीमती सहित उक्त एयरलाइन्समा चढेर मलेसिया घुम्न गएका थिए ‘ उनले भने । उनका अनुसार मन्त्री शाही, उनकी श्रीमती मलेसिया जाने, आउने सबै खर्च हिमालय एयरलाइन्सले बेहोरेको छ। 
यस कारण नीति विपरित भ्रमण 
मन्त्री सरकारी टोली सहित भ्रमणमा जाँदा मन्त्रालयबाट बजेट निकाशा हुनुपर्छ । त्यसअघि अर्थ मन्त्रालयमा पनि यसको बजेटका लागि प्रस्ताव जानुपर्छ । तर यी कुनै पनि प्रक्रिया पूरा नगरी आफ्नी श्रीमती र आशेपासेहरुलाई बटुलेर पर्यटनमन्त्री शाही मलेसिया पुगेका थिए । मन्त्री शाही हिमालय एयरलाइन्सको उद्घाटन गर्न भन्दै मलेसिया पुगेका थिए । यस सम्बन्धमापनि मन्त्रालयमा खास निर्णय भएको छैन । मलेसिया पुगेपछि उनले मलेसियन अधिकारीसँग हिमालय एयरलाइन्सको पक्षमा अगाडी बढ्न पहल गरेका थिए । हिमालयन एयरलाइन्सको व्यापार साखा उद्घाटन गर्दै उनले हिमालयन एयरलाइन्सकाबारे प्रचारपनि गरेका थिए । उनले उक्त कार्यक्रममा बोल्दै नेपालको पर्यटन भन्दापनि हिमालायन एयरलाइन्सकाबारे बढी बोलेका थिए भने व्यापारको शाखाको उद्घाटनपछि उनले त्यहाँ फोटोशूट समेत गराएका थिए ।
विवादमा तानिए पर्यटनमन्त्री !
मन्त्री शाही र उनकी श्रीमतीसँगै सांसद भरतबहादुर खड्का, मन्त्रीका निजी सचिव मनोज पोखरेल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई सुरक्षा हेर्ने जिम्मेवार पदाधिकारी पनि हिमालय एयरलाइन्सको खर्चमा मलेसिया पुगेका थिए । तर यसको जानकारी समेत पर्यटन मन्त्रालयमा गरिएको छैन । मन्त्रीको मनोमानीले एकातर्फ पर्यटन मन्त्रालयमा वेथिति सुरु भएको छ भने अर्कोतर्फ हिमालयन एयरलाइन्सको नुन खाएर हिमालयन एयरलाइन्सको मनपरी छोप्न मन्त्री लागि परेको आरोप लाग्न थालेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: