×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी डाक्टरहरुले अनुमती बिना अब निजी अस्पतालमा काम गर्न नपाउने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सरकारी डाक्टरहरुले अनुमती बिना अब निजी अस्पतालमा काम गर्न नपाउने

९ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा /अर्थ सरोकार डटकम

काठमाण्डौ – स्वास्थ्य मन्त्री गगन कुमार थापाले सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले अनुमति नलिई निजी अस्पतालमा काम गर्न नपाउने बताएका छन् । निजीमा जादा सरकारीको सेवामा विश्वसनीयता आएन् उनले भने सरकारले सबै अनुमति खारेज गरेको छ, अब नयाँ अनुमती लिएर मात्रै काम गर्नुपर्ने हुन्छ । 
नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै यसअघि लिएका फागुन मसान्तसम्ममा अनुमति लिई सक्नुपर्ने बताए । “निजि अस्पतालमा काम गर्नेले अनुमति लिएको प्रमाण पत्र सवैले देख्ने स्थानमा राख्नु पर्छ ।” उनले भने अनुमति पत्रमा अस्पतालमा काम गर्ने समय स्पष्ट लेखिएको हुनुपर्छ । 
अनलाईन फारम भरेर चिकित्सकले अनुमति लिन सक्ने भन्दै उनले अनुमति नलिने र सरकारी कामको समयमा निजिमा काम गरेको पाईएमा कारवाही गरिने बताए । मन्त्री थापाले देशभरका ३० वटा जिल्ला अस्पतालमा शल्यकृयाबाट प्रसुति सेवा उपलव्ध नभएको पाईएको भन्दै ती अस्पतालहरुमा चिकित्सक पठाएर शल्यकृया गर्ने प्रवन्ध गर्न लागेको बताए । फागुन १५ गते भित्र सवै अस्पतालहरुमा चिकित्सक पुग्ने र शल्यक्रिया  सुरु हुने उनको भनाई थियो ।
दिर्घकालीन समस्या समाधानका लागि जनशक्ति आवश्यक पर्ने भन्दै उनले अञ्चल अस्पतालहरुमा स्नातकोत्तर तहको पढाई थालिने पनि वताउनु भयो । अर्को एक प्रश्नमा मन्त्री थापाले बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुरका संञ्चालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकलाई एक महिने समय सिमा दिईएकोमा ती काम भए नभएको हेरेर चित्त वुझ्दो काम नभए वर्खास्त गरी नयाँ व्यवस्था गरिने बताउनुभयो । 
अस्पतालका अध्यक्ष डाक्टर प्रकाशराज न्यौपाने र कार्यकारी निर्देशक डाक्टर चिन वहादुर पुनले माघ २० गते आफुहरुले गरेको कामको प्रतिवेदन वुझाई सकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: