×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भ्रष्टाचारको आरोपमा अख्तियारमा उजुरी परेका सिंहले कान्तिपुरमा यस्तो विज्ञापन छपाएर राष्ट्रपतिको बेइज्जत गरे !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भ्रष्टाचारको आरोपमा अख्तियारमा उजुरी परेका सिंहले कान्तिपुरमा यस्तो विज्ञापन छपाएर राष्ट्रपतिको बेइज्जत गरे !

२० माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – हुन त आइक्यानले लापरवाही गरेको खबर नौलो होइन । यसअघि पनि आइक्यानका यस्ता लापरवाहीहरु छरपष्ट भएकै हुन् । तर यसपाली त लापरवाहीले पनि हद नाघेको छ । आइक्यानले गरेको दिक्षान्त समारोहपछी छापिएको बधाई सन्देशमा ‘कन्भोकेसन’ समेत मिलाएर लेख्न नजान्दा आइक्यानको सर्वत्र बेइज्जत भएको छ । यसले आइक्यानको त बेइज्जत भएको छ नै, राष्ट्रपतिको नाम जोडेर प्रकाशित गरिएको सूचनामा यस्तो ‘ब्लन्डर गरिएपछि राष्ट्रपतिको समेत बेइज्जत गरिएको चर्चा चल्न थालेको छ । 

भाषामा चरम त्रुटी 
आइक्यानले मिति २०७३ साल माघ १९ गते बुधबार कान्तिपुरमा प्रकाशित सूचनामा ‘कन्भोकेसन’मा ‘N’ नै छुटेको छ भने ‘हार्दिक बधाई’ समेत गलत गरिकाले लेखिएको छ । Convocation हुनुपर्नेमा चोवोचशन भएको छ उक्त विज्ञापनमा । विज्ञापनमा राखिएको राष्ट्रपतिको तस्विरमाथिनै चरम त्रुटी देखिएपछि यसले समग्र आइक्यान, नेपाली मिडिया र राष्ट्रपतिको पनि बेइज्जत गरेको चर्चा चलेको छ ।
पुष्पेन्द्र सिंहमाथि ठडियो औंला 
आइक्यानले सूचनामा यस्तो हदसम्मको लापरवाही गरेको थिएन । तर पछिल्लो समयमा कमिसनको खेलमा आइक्यानका टेक्निकल डाइरेक्टर पुष्पेन्द्र सिंहले प्रेस हेर्ने भन्दै एक पत्रकारलाई नियुक्ति गरेपछि यस्तो लापरवाही हुन थालेको आइक्यान स्रोतको दावी छ । 
स्रोतका अनुसार यसरी छापिएका विज्ञापनवापतको कमिसन पुष्पेन्द्र सिंहसम्म पुगेको भन्दै यसबारे छानविन गर्न भन्दै सिंहलाइ हालसालै अख्तियारमा उजुरी पनि परेको छ भने आइक्यानमा ‘दायाँ-बायाँ’ गरेर सम्पति आर्जन गरेको भन्दै उनी विरुद्ध सम्पति सुद्धिकरण आयोगमा समेत उजुरी परेको छ । 
यो सन्देशपनि पुष्पेन्द्र सिंहले फाइनल गरेका थिए । भाषामा खासै ज्ञान नभएका उनको नजर यी दुइ कुरामा नजाँदा यो हदसम्मको लापरवाही भएको आइक्यान स्रोतको दावी छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: