
एजेन्सी – सँधै टप र हाइ ब्राण्ड भ्यालुका साथ बजारमा रहिरहन कति संभव हुन्छरु कुनै पनि वस्तु वा उत्पादनलार्इ बजारले उत्तिकै महत्व र भ्यालुका साथ सँधै लिइरहँदैन । वस्तुले कसरी आफ्नो बजार गुमाउँदै जान्छन् र अन्ततस् बाहिरिन्छन् भन्ने कुराको पछिल्लो उदाहरण बनेको छ । ‘एम्बेसडर कार’।
कुनै बेला भारतीय धनाढ्यको ‘स्ट्याटस् सिम्बोल’ मानिएको एम्बेसडर कारको ब्राण्ड हालै मात्र ८० करोड भारुमा बिकेको छ । हिन्दूस्तान मोटर्सले अन्ततः फ्रान्सेली कम्पनी पुजोलार्इ एम्बेसडर ब्रान्ड बिक्री गरेको हो ।
कुनै बेला शानको प्रतिक मानिएको एम्बेसडर बिक्री मात्र भएको छैन अब फेरि यो ब्रान्डका गाडी बजारमा आउँछन्रआउँदैनन् भन्ने समेत अन्यौल छ । किनभने पूजोले यो ब्रान्डमा गाडी उत्पादन गर्नेरनगर्ने बारे निर्णय गरि सकेको छैन ।
९० को दशकमा भारत छिरेको पूजो त्यहाँ बजार विस्तारका लागि छलाङको मौका कुरी रहेको थियो । भारतले आर्थिक उदारीकरणको नीति लिए पछि आउने सुरुवाती विदेशी कम्पनीमा पूजो पनि एक हो ।

इन्टेरियर स्पेस र सस्पेनसन सिस्टमको कारण सबैको प्रिय बन्न सफल एम्बेसडर कारको निर्माण सन् २०१४ मै रोकिएको थियो ।
भारतीय सत्ता र प्रशासनको परिचायक एम्बेसडर कारको मागमा कमी आएको र नाफा घट्दै गएको कारण देखाउँदै कम्पनीले उत्पादन बन्द गरेको थियो । भारतमा नेता तथा सरकारी अधिकारीहरुले यसको प्रयोग गर्ने गरेका थिए ।
लामो समय भारतीय सडकमा शानको सवारी बनेको एम्बेसडर कार बजारमा आएका नयाँ कारसँगको प्रतिश्पर्धामा कमजोर हुँदै अन्ततः इतिहासमा मात्र सिमित हुने अवस्थामा पुगेको छ ।