×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकको कमाई ६९ प्रतिशतले बढ्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ज्योति विकास बैंकको कमाई ६९ प्रतिशतले बढ्यो

१९ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद मुनाफामा ६८ दशमलब ७५ प्रतिशतले वृद्धि गएको छ। गत आर्थिक बर्षको यस अवधिमा ८ करोड ६ लाख रुपैयाँ कमाई गरेको ज्योति विकास बैंकले यस अवधिमा १३ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 
यस अवधिमा बैंकले  ९ अर्ब १२ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरि ८ अर्ब १ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको निक्षेप २६ दशलमव ३५ प्रतिशतले वृद्धि हुँदा कर्जा प्रवाह ४६ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकले ३ करोड ४९ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।
बैंकको संचालन मुनाफा र खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार हुँदा आकर्षक कमाई देखिएको छ। यस अवधिमा बैंकले २२ करोड ५९ लाख खुद ब्याज आम्दानी गरेको छ भने १४ करोड ८२ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ। बैंकको संचालन मुनाफामा ५९ दशमलव १३ प्रतिशतको बढोत्तरी देखिएको छ भने खुद ब्याज आम्दानी ४२ प्रतिशतले बढेको छ। 
यस अवधिमा बैंकको चुक्ता पुंजी १ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष रकम २८ करोड २८ लाख रुपैयाँ पुर्याएको छ। बैंकको खराब कर्जा अनुपात ० दशमलव १६ प्रतिशतले बढेर १ दशमलव १९ प्रतिशत पुगेको छ भने सम्भावित जोखिमका लागि बैंकले प्रोभिजनमा १ करोड ९१ लाख रुपैयाँ राखेको छ। 
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २४ दशमलव ५८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ११ दशमलव ३९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २५ दशमलव ६७ रुपैयाँ र कर्जा निक्षेप अनुपात ७६ दशमलब २६ प्रतिशत रहेको छ। 
झिमरुक विकास बैंक र ज्योति विकास बैंक एक आपसमा गाभिएर बनेको ज्योति विकास बैंकले गत आर्थीक बर्षबाट प्रस्ताब गरेको ११ दशमलब ७ प्रतिशत बोनस सेयर पुंजीकृत गरेर प्रति सेयर आम्दानी देखाएको हो। बैंकको ९ औ बार्षिक साधारणसभाले शतप्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको छ। हकप्रद बितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब ६ करोड हाराहारी पुग्ने छ। २०७४ असार मसान्तसम्म बैंकले चुक्ता पुंजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्ने छ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: