×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कमल थापाले पेलेपछि डा. लोहनीले लिए थापाविरुद्ध ‘एक्सन’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कमल थापाले पेलेपछि डा. लोहनीले लिए थापाविरुद्ध ‘एक्सन’

६ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

महाधिवेशनको संघारमा देशभरका प्रतिनिधिको भावना र प्रजातान्त्रिक मूल्यमान्यता विपरित चारजना नेताले बन्द कोठामा बसेर नेतृत्वमा सहमति गरेको भन्दै राप्रपाका नेताकार्यकर्ता आक्रोशित बनेका छन् ।
महाधिवेशनको दुई दिनअघि बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले कमल थापालाई अध्यक्ष र अर्का प्रत्यासी डा. प्रकाशचन्द्र लोहनीलाई निर्देशन समितिको सभापति बन्ने गरी नेताहरुबीच सर्वसम्मती बनेको थियो ।
नेताहरुबीच सहमति भएको १२ घण्टा बित्न नपाउँदै नेता, कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरुले शीर्षनेताहरु आफैले प्रजातान्त्रिक विधि विपरित गइ निर्णय गरेको भन्दै तुरुन्तै निर्णय सच्चाएर प्रजातान्त्रिक परिपाटीमा महाधिवेशन सम्पन्न गर्न माग गरेका छन् ।
चारजना नेताको निर्णयलाई २४ घण्टा भित्र नसच्याइए महाधिवेशन नै विथोल्ने भन्दै कार्यकर्ता आक्रोशित बनेका हुन् । चारजना नेताको तमाम कार्यकर्ताको भावना विपरित निर्णय गरेको भन्दै विशेषतः संस्थापन राप्रपाका कार्यकर्ता रुष्ट बनेका छन् । हिजो बेलुकी सर्वसम्मति गर्ने निर्णयभए लगत्तै आक्रोशित कार्यकर्ता डा. लोहनीको घरमा जम्मा भएका छन् । उनीहरुले तत्काल निर्णयबाट हट्न डा. लोहनीलाई दबाब दिएका छन् ।
उनीहरुले डा. लोहनी लगायत संस्थापनका नेताहरुले कमल थापासँग आत्मसमर्पण गरेको भन्दै तीव्र विरोध गरेका छन् । उनीहरुले तत्काल निर्णय सच्चाएर प्रजातान्त्रिक विधिमा पार्टीको नेतृत्व चयन गर्न भन्दै हस्ताक्षर संकलन गरेका छन् । बिहानैदेखि डा. लोहनीको घरमा पुगेका महाधिवेशन प्रतिनिधिले चर्को विरोध गरेपछि डा. लोहनीले पुनर्विचार गर्ने मनस्थिति बनाएको उनीनिकट एक नेताले बताए ।
संस्थापनबाट एकजनामात्र उम्मेद्वार हुने भएपछि आफ्नो पक्षको नेतृत्व हुने आंकलन गरेका संस्थापनका कार्यकर्ताले राप्रपा नेता पशुपति शमसेर राणा, प्रकाशचन्द्र लोहनी र सुनिल थापाविरुद्ध नाराबाजी समेत गरेका छन् । भोलिदेखि सुरु हुने महाधिवेशनको पूर्वसन्ध्यामा उत्पन्न आक्रोशले नेताहरुबीच हिजो बेलुका भएको सहमति उल्टियो । र कमल थापासँग डा प्रकाशचन्द्र लोहनी चुनावी मैदानमा भीडन तयार भए ।
  • एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: