×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कमल थापाले दिए सरकारलाई चेतावनी यस्तै हो भने समर्थन फिर्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कमल थापाले दिए सरकारलाई चेतावनी यस्तै हो भने समर्थन फिर्ता

Artha Sarokar

२१ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दलहरु चुनाव नगराउने खेलमा लागेको आरोप लगाएका छन्। सरकारले निर्वाचन आयोगलाई चुनावको तयारी गर्नु भन्दै पत्रचार गर्ने निर्णय गर्नु औचित्यहिन रहेको भन्दै थापाले मिति तथा कुन निकायको निर्वाचन गर्ने भन्ने विषय नै नसमेटिएको पत्रले केही अर्थ नराख्ने टिप्पणी गरे। 
मिडिया नेपाल मकवानपुरले शुक्रबार हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले भने, ‘निर्वाचन आयोग भनेकै निर्वाचन गर्न सधैँ तयार रहने निकाय हो, निर्वाचनको तयारी गर्नु भन्दै पत्रचार गर्ने तर कुन निर्वाचन गर्ने भन्ने विषयमा जानकारी नदिनु हास्यासपद् छ।’ 
एकातिर चुनावको तयारी गर्न निर्वाचन आयोगलाई पत्राचार गर्नु र अर्कोतर्फ स्थानीय तह निर्धारण आयोगको प्रतिवेदन पुनराबलोकन गर्न १५ दिनको  समय तोक्नु आफैँमा अनौठो कुरा भएको उनको टिपणी छ।  मधेस समस्या समधान गर्न पनि कांग्रेस र माओवादीले नै नचाहेको बताउँदै थापाले उनीहरुको अव्यवहारिक चरित्रका कारण मुलुक संकटतर्फ अघि बढेको बताए। 
संविधानमानै व्यवस्था गरिएको स्थानीय तहको निर्वाचनको विषयलाई समेत सरकारले भन्न नसक्नु बिडम्वना भएको बताउँदै उनले पत्रचारको विषयले चुनाव नहुने सम्भावनालाई थप बल पुर्‍याएको जिकिर गरे। सरकारले ६ महिनासम्म मधेस समस्या समाधानका लागि पहलसमेत नगरेको आरोप लगाउँदै उनले यस्तै अवस्था रहिरहे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनीसमेत दिए।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी