×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चन डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कञ्चन डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

Artha Sarokar

२३ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं  – कञ्चन डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद सेयर भर्ने आइतबार अन्तिम दिन हो । बैंकले पुस १८ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको थियो । २ः१ अनुपातमा निष्कासन गरिएको यो हकप्रदमा मंसिर २९ गतेसम्म कायम सेयरधनीले दरखास्त दिन पाउने छन् ।
 बैंकले प्रतिकित्ता एक सय रुपैयाँका दरले नौ लाख ९० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयरका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड नाचघर काठमाडौं, कञ्चन डेभलप्मेन्ट बैंकको केन्द्रीय र शाखा कार्यालयहरु तथा ग्लोबल आइएमई बैंकको उपत्यका बाहिरका केही शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
हकप्रदमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी २४ करोड ७५ लाख रहेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड ९७ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कञ्चनको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ २० पैसा छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी