×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कान्तिपुरको यो समाचार पढ्नुभो ? यी कुरा गलत लेखिए, दुइ सिएको ‘मानहानी’ !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कान्तिपुरको यो समाचार पढ्नुभो ? यी कुरा गलत लेखिए, दुइ सिएको ‘मानहानी’ !

१३ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कान्तिपुर राष्ट्रिय दैनिकको पृष्ठ ११ मा आज मिति २०७३ साल फाल्गुन १३ गते शुक्रबार प्रकाशित नक्कली वित्तीय विवरण भेटिए बैकिङ कसुरको सजाय शीर्षकको समाचारमा गलत तथ्य प्रस्तुत गर्दै दुइ सिएको मानहानी गरिएको भन्दै सिएहरुले असन्तुष्टि जनाएका छन् । समाचारमा एभेरेष्ट इन्सुरेन्स प्रकरणमा दुइ सिएको नाम जोडेर गलत तथ्य प्रस्तुत भएको भन्दै सिएहरुले असन्तुष्टी जनाएका हुन् । 
के गलत छ समाचारमा ?
समाचारको एक अंशमा भनिएको छ, ‘ठूला व्यावसायिक घरानाहरूले २/३ किसिमका वित्तीय विवरण वा वासलात बनाई फरक–फरक प्रयोजन (बैंकिङ ऋण, कर आदि) का लागि उपयोग गर्ने प्रचलन नयाँ भने होइन । एउटै कम्पनीका दुईभन्दा बढी वित्तीय विवरण बनाएकै कारण अहिले पनि केही लेखापरीक्षक (सीए) हरूले कारबाही भोगिरहेका छन् । यसअघि एभरेस्ट इन्स्योरेन्सको मुद्दामा गलत विवरण प्रमाणित गरेको भन्दै लेखापरीक्षकहरू गोपाल अग्रवाल र जगदीश अग्रवाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रक्राउ गरी कारबाही गरेको थियो । उक्त घटनापछि लेखा परीक्षकहरूले सजिलै दोहोरो वित्तीय विवरण प्रमाणित गर्न छोडेका छन् । यस्तो प्रवृतिलाई नियन्त्रण गर्ने उद्देश्यले बैंकिङ कसुरसम्बन्धी ऐनमै उक्त व्यवस्था समावेश गरिएको र कार्यान्यवनका लागि छिट्टै निर्देशन ल्याइने राष्ट्र बैंकले जनाएको छ ।’
केचाहिं हो त ?
समाचारमा लेखिएको यो कुरा सरासर गलत छ । एभेरेष्ट इन्सुरेन्स प्रकरणमा लेखापरिक्षण गर्दा ‘कैफियत’ नदेखाएको भन्दै सीआइबीले दुइ सिएलाइ पक्राउ गरेको थियो । तीमध्ये गोपाल अग्रवाललाई अदालतले सफाई दिएको थियो भने जगदीश अग्रवाललाइ नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मा सिफारिस गरेको थियो । समाचारमा भनिएजस्तो  दुइ सिएहरुले हाल कारवाही भोगिरहेका छैनन् भने सीआइबीले कारवाही गरेको कुरा पनि गलत हो । यता उक्त समाचारसँग जोडिएको प्रसङ्ग पनि गलत छ । एभरेष्ट इन्सुरेन्स प्रकरणमा दुइ सिए समातीनु र समाचारको समग्र विषयमा मेल खाने कुरा नै छैन । 
सिएहरुको यस्तो प्रक्रिया :
यता नेपालका विभिन्न सिएहरुले भने खरो प्रतिक्रिया दिएका छन् । बरिष्ट चार्टड एकाउन्टेन्ट मुकुन्द देव अधिकारीले कान्तिपुरजस्तो पत्रिकाले यसरी गलत प्रसंगमा सिएहरुको नाम मुछेर सिएहरुको मानहानी भएको आरोप लगाएका छन् । उनले सामाजिक संजालमार्फत गलत प्रसङ्गमा सिएहरुको नाम मुछेर गलत तरिकाले प्रस्तुत गरी सिएहरुको मानहानी भएको आरोप लगाएका छन् ।     
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: