Skip to content
LAXMI SUNRISE BANK

‘रियल सेक्टर’ भित्र्याउन पहल गरियोस् सरकार !

अर्थ सरोकार

  • केशव भण्डारी 
अर्थतन्त्रको ऐना मानिने धितोपत्र बजार नेपालमा भर्खर बामे सर्दैछ । तैपनि अस्थिर राजनीतिको प्रभावले अस्वभाविक घट्बढ भैरहेको छ । यो हुनुको कारण भनेको नेपालको पूँजी बजारमा वास्ताविक क्षेत्र प्रवेश नहुनु हो । वास्तविक क्षेत्र प्रवेश गराउन सरकारले निम्न सुविधा दिएमा धितोपत्र बजारमा वास्तविक क्षेत्र प्रवेश हुन सक्छन् । धीतोपत्र बजार घट्नु वा बढ्नुका पछाडीका विभिन्न कारणहरुमध्येको यो एक त हो । 
त्यसैले पनि यस विषयमा हामी सबै जागरुक हुनै पर्छ । बजार बलियो हुनुको कुनै विकल्प छैन । कारण पूँजी बजार भनेको देशको मेरुदण्ड हो । यसलाई ख्याल गर्दै हामीले नेपाली पूँजी बजार कसरी बढ्छ भन्ने विषयमा सोच्न जरुरी छ। 
नेपाली पूँजीबजारका विभिन्न समस्यालाई समाधान गर्दै अघि बढ्नुको विकल्प एकातर्फ छैन भने अर्कोतर्फ नेपाली पूँजी बजारलाइ कसरी बलियो बनाउने भन्ने विषयमा पहल- कदमी चाल्न जरुरी भइसकेको छ । त्यसैले नेपाल सरकारले पनि विभिन्न यस्ता सम्भावनाहरुलाई केलाएर अगाडी बढ्नु जरुरी भइसकेको छ ।
१. ३ वर्ष सम्म लाग्ने आयकर छुट दिइयोस् । 
२. पब्लिक कम्पनी खोल्न प्रेरित गरियोस ।
३. पृमियम मुल्यमा शेयर जारी गर्न दिइयोस नेट्वोर्थ को आधारमा बढिमा
उदाहरणका लागि निम्न कम्पनीहरुलाइ सुचिकृत गर्न पहल गरियोस्
  • १. एन्सेल नेपाल 
  • २. वाइवाइ चाउचाउ 
  • ३. चौधरी ग्रुप 
  • ४. अर्घाखाँची सिमेन्ट 
  • ५. हेल्लो नेपाल 
  • ६. कान्तिपुर ग्रुप 
  • ७. बुद्ध एयर 
  • ८. सुर्य नेपाल 
  • ९. डाबर नेपाल 
  • १०. सिजि फुड 
  • ११. युटिल टेलिकम 
इत्यादि ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK