Skip to content
LAXMI SUNRISE BANK

१७ वर्षपछि बन्यो खिम्ती ढल्केबर विद्युत प्रसारण लाइन

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – नेपालमा पहिलो पटक २२० केभी विद्युत प्रसारण लाइनको उद्घाटन भएको छ। विहीबार दोलखाको खिम्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको उद्घाटन गरेका हुन्। 
प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यो आयोजना देश विकासको कोशेढुंगा सावित हुने बताए। “विद्युतीकरण नै नेपालको आर्थिक–सामाजिक विकास र राजनीतक स्थिरताको आधार हो” प्रधानमन्त्रीले भने “भारतले किन्दैन कि भनेर विद्युत उत्पादनको गति रोक्ने अभियानमा कतिपय मान्छेहरु लागेका छन, त्यस्ता भ्रमको पछि नलाग्नुहोला।
विश्वको ध्यान अहिले पानीबाट विद्युत उत्पादन गर्नेतर्फ अघि बढेको भन्दै प्रधानमन्त्री प्रचण्डले क्लिन इनर्जी र ग्रीन इनर्जीको विकल्पमा जलविद्युत इनर्जीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। 
प्रधानमन्त्री प्रचण्डले अबदेखि जलविद्युत आयोजनाको संगसँगै प्रसारण लाइन निर्माणको कामलाई पनि तीब्रता दिने योजना सरकारले बनाएको उल्लेख गरे। नेपाललाई लोडसेडिङमुक्त गर्ने अभियानको नेतृत्व गर्ने ऊर्जामन्त्री, राज्यमन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकलाई आफुले आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पछि नपर्ने प्रतिवद्धता व्यक्त गरे।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK