×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज केपी ओलीको जन्मदिन, पढ्नुहोस् ओलीको जीवनी…

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आज केपी ओलीको जन्मदिन, पढ्नुहोस् ओलीको जीवनी…

११ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नै निवासमा जन्मदिन मनाएका छन् । आज उनले आफ्ना आफन्त तथा इष्टमित्रसँग आफ्नै निवासमा जन्मदिन मनाएका हुन् । 
यस्तो छ ओलीको जीवनी 
नाम : केपी शर्मा ओली
जन्म मिति : वि.सं. २००८/११/११ तदनुसार सन् १९५२/०२/२३, शनिबार ।
जन्मस्थान : इवा २, तेह्रथुम, नेपाल ।
पारिवारिक अवस्था :
हजुरबा : स्व.मनरथ ओली ।
हजुरआमा : स्व. राममाया ओली ।
माता : स्व. मधु ओली ।
पिता : मोहनप्रसाद ओली ।
वैवाहिक अवस्था : विवाहित ।
श्रीमती : राधिका शाक्य ।
भाइ तथा बुहारी : जयप्रसाद ओली/इन्दिरा ओली ।
दिदी/बहिनी : विष्णुमाया, कौशिला र राजु ।
पारिवारिक संख्या : २ जना (श्रीमती राधिका शाक्यसहित) ।
स्थायी निवास : अनन्तलिङ्गेश्वर– २, बालकोट भक्तपुर, नेपाल ।
अस्थायी निवास : शरणामती– ६, झापा, नेपाल ।
नागरिकता नम्बर : २६६/३१३९५
राहदानी नम्बर : ००२५११४
शैक्षिक योग्यता : सामान्य ।
भाषा : नेपाली, हिन्दी र अंग्रजी ।
भ्रमण : स्वदेश— ७५ वटै जिल्ला ।
विदेश— मित्र राष्ट्रहरू: चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, साइप्रस, बेलारुसआदि ।

राजनीतिक दल :
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)
राजनीतिक यात्रा :
२०२३ साल, माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त ।
जिम्मेवारी बहन : २०२५ सालबाट— तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फााटको फ्रयाक्सन कमिटीमा आबद्ध भई नेतृत्व गरेको ।
नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त : २०२६ साल ।
२०२६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको उप–सचिवको जिम्मेवारी बहन ।
२०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोशी प्रान्तीय कमिटीसाग एकीकरण ।
२०२८ साल वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग ।
२०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी बहन

जेल जीवन
पहिलो पटक : २०२७ फागुन १६ गते आइतबार, झापाबाट गिरफ्तार ।
पहिलो गिरफ्तार : झापा पुलिस थानामा ।
२०२७ र २०३० का बिचमा : पटक पटक गरी १० पटक बढी गिरफ्तारी ।
जेल यात्राको १४ बर्से अध्याय :
२०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ ।
पहिलो भोगाई : रौतहट गौर जेल, गौर थाना, २ दिन मात्र ।
त्यसपछि वीरगञ्ज थाना वीरगञ्ज जेलमा चलान ।
२०३० मंसीर ८ गते भद्रगोल जेल काठमाडौंमा चलान ।
३ दिनपछि ११ गते सेन्ट्रल जेल गोलघर चलान ।
२०३० मंसीर ११ देखि २०३२ वैशाख १६ सेन्ट्रल जेल गोलघरमा । र, त्यसपछि गोलघर बाहिर ।
२०३३ साउनमा नख्खु जेल चलान ।
२०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै ।
२०३६ जेठमा गोलघर बाहिर ।
२०३७ चैतमा पुन: नख्खु जेल चलान ।
२०३९ माघ ३ मा पोखरा जेल चलान ।
२०४२ कात्तिकमा स्याङ्जा जेल चलान ।
२०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान ।
०४३ माघ १२ मा भद्रगोल जेल चलान ।
२०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा ।
तत्कालीन राजा ज्ञानेन्द्रले चालेको ०५८ माघ १९ को ‘कू’ सागै नजरबन्दी ।
जेलमुक्त भएपछि राजनीतिक जीम्मेवारी बहन :
२०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी ।
२०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन ।
२०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष ।
२०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य ।
राज्यतहमा बहन गरिएका विभिन्न समयका विभिन्न जिम्मेवारी :
२०४८ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नंम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित ।
२०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित ।
२०५१ मंसीर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सारकारमा गृहमन्त्रीको जिम्मेवारी बहन ।
२०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित, साथै, नेकपा (एमाले) दलको उपनेता चयन ।
२०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीका रुपमा जिम्मेवारी बहन ।
२०७० मंसीरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रुपमा निर्वाचित ।
विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारी बहन गरेको ।
सम्पर्कसूत्र :
अफिस :
नेकपा एमाले, केन्द्रीय कार्यालय
धुम्बाराही, काठमाडौं ।
फोन नं: ०१–४३७८०९० ।
इमेल :
निवास :
अनन्तलिङ्गेश्वर नगरपालिका
बालकोट, भक्तपुर, नेपाल ।
फोन : ०१ — ६६३०५६३
इमेल : [email protected]
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: