×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओलीको बोली : एमालेले जित्छ, अरुले सिक्छ !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ओलीको बोली : एमालेले जित्छ, अरुले सिक्छ !

१७ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । फेरि एमालेसँग गठबन्धन गरी प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले सरकार लम्ब्याउने राजनीतिक वृत्तको हल्ला चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षमा बसेर चुनावमा लड्ने जनाएका छन् । 
उनले स्थानीय चुनावमा एमालेले जित्ने र चुनावबारे अरुले सिक्नुपर्ने दाबी पनि गरेका छन् । 
धुम्बाराहीमा सोमवार मेची–महाकाली अभियानमा सहभागी हुने करीव १ हजार स्वयंसेवकका लागि आयोजित विशेष प्रशिक्षण भेलालाई सम्बोधन गर्दै ओलीले सरकारमा जाने रुचि एमालेलाई नरहेको दावी गरे । ओलीले भने, ‘हामी सरकारमा होइन, प्रतिपक्षमै बसेर चुनाव लड्न चाहान्छौं र जित्छौं । 
सरकारमा भएकाहरुले पुलिस प्रशासन लगाएर चुनाव जितौंला भन्ने सोचेका होलान् तर, यिनीहरु बेइमान हुन् भन्ने पुलिस प्रशासनका सबैलाई थाहा छ । आदेश आउँदा हस् साब भन्छन् तर, बेइमानले भनेको मान्दैनन् ।’ फागुन २१ देखि शुरु गर्न लागेको मेची महाकाली तराई मधेस अभियानले हिमाल, पहाड र तराईबीच भवनात्मक एकता गराउने दाबी एमाले नेताहरुले गरेका छन् । साथै अभियानमा लाखौं मधेसी जनता परिचालन हुने दाबी गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: