
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – कुमारी बैंकले प्राप्ति गर्न लागेको तीन विकास बैंक र एक फाइनान्सको स्वाप रेसियो तय गरिएको छ। कुमारी बैंकले एनसीसी बैंकसंग मर्जर तोडीएपछी आफै चुक्ता पुंजी ८ अर्ब आफै पुर्याउन अघि तम्सिएको कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने भएको हो।
डीडीए रिपोर्ट कुमारीसंग गाभिन लागेका यी ४ वित्तीय संस्थाका सेयरधनीहरुले १०० कित्ता बराबर कुमारी बैंकको ८५ कित्ता सेयर पाउने छन्। राष्ट्र बैंकबाट सैदान्तिक सहमति पाइसकेको यस पस्ताबलाई साधारण सभाले पारित गरेपछि गाभ्ने प्रक्रियाले अन्तिम रुप पाउने छ।
कुमारी बैंकले गत आर्थिक बर्षको कमाईबाट २१ प्रतिशत बोनस सेयर दिने प्रस्ताब गरेको छ भने ५० प्रतिशत हकप्रद बिक्रि गर्ने निर्णय गरेको छ। तीन विकास बैंक र एक फाइनान्सलाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब ५० करोड नाघ्ने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्