×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल ट्रष्टको जग्गामा उपमहानगरपालिकाले लगायो अस्वाभाविक आँखा !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल ट्रष्टको जग्गामा उपमहानगरपालिकाले लगायो अस्वाभाविक आँखा !

२८ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • प्रनिश थापा अर्थ सरोकार डटकम 

काठमाण्डौ – नेपाल ट्रष्टको स्वामित्वमा रहेको आँपटारीको दियालो बंगाला क्षेत्रको जग्गामा भरतपुर उपमहानगरपालिकाले अस्वाभाविक आँखा लगाएको छ । नेपाल ट्रष्ट कार्यालयले टेण्डरमार्फत दिएको जग्गालाई आफू मातहतमा ल्याउन लबिङ सुरु गरेको हो । 
भरतपुर उपमहानगरपालिकाले ट्रष्टको जग्गा टेन्डर प्रक्रिया बाटै भाडामा लिएर निर्माण समेत सुरु गरिसकेको निजी कम्पनीलाई पत्र लेखेर काम स्थगित गरी उपमहानगरपालिका लाई सहयोग गर्न अपिल गरेको छ । जब कि आफै पनि सहभागी भएको टेन्डरमा उपमहानगर पालिकालाई पछि पार्दै सो कम्पनीले आफ्नो पक्षमा भाडामा लिएको थियो । 
राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुको नाममा रहेको सम्पत्ति व्यवस्थापन र सञ्चालन गरी राष्ट्रहितमा प्रयोग गर्न नेपाल ट्रष्ट स्थापना गरिएको थियो । तत्कालीन राजा वीरेन्द्रको नाममा रहेको रहेको आँपटारीको दियालो बंगला क्षेत्रमा व्यपारिक क्षेत्र बनाउने गरी भाडामा दिएको हो । कसरा जंगल रिसोर्ट प्रालिले भाडा प्रयोजनका लागि सो ,जग्गा ५ वर्षका लागि पाएको छ । सो जग्गा भाडामा लिन १३ वटा निवेदन परेका थिए । 
कम भाडा दिने गरी परेका १२ निवेदनलाई छाडेर ट्रष्टले बढी भाडा दिन तयार कसरा जंगल रिसोर्ट प्रालिलाई दिएको थियो । नेपाल ट्रष्टले नारायणगढ कित्ता नम्बर १२ र २० मा रहेको ६ विघा ११ धुर जग्गाका लागि २०७३ वैशाखमा बोलपत्र आह्वान गर्दै सूचना निकालेको थियो । सो सूचना पछि भरतपुर उपमहानगरपालिकासहित १३ वटा निवेदन परेको थियो । नगर प्रतिनिधि सहित काठमाडौं पुगेको नगरपालिकाको टोलीले ट्रष्ट कार्यालयका सचिव र सहसचिवलाई भेट गरेको छ । सार्वजनिक बडाबडको भाडा सम्बन्धी सूचनाको आधारमा नगरपालिका छनौट हुन सकेको थिएन । 
नगरपालिकाले सार्वजनिक हित विपरीत ‘व्यापारीकरण’ गर्न खोजिएको भन्दै ट्रष्टसँग भएको सम्झौतालाई निक्रिय बनाउन दबाब दिएको छ । भरतपुर उपमहानगरपालिका का प्रमुख कार्यकारी अधिकृत महेश बरालले ट्रष्टको जग्गालाई व्यापारीकरण गर्न खोजिएको जिकिर गरे । “हामीले सार्वजनिक हितमा रहेका प्रस्ताव पेश गरेका थियौं”, उनले भने, “नगर क्षेत्रका आवश्यकीय पूर्वाधार बनाउनु पर्ने हाम्रो माग हो ।” नगरपालिकाले पुस १७ गते कसरा नारायणी सिटी सेन्टरलाई सम्झौता निष्क्रीय बनाई सहयोग गर्न आग्रह गर्दै पत्राचार समेत गरेको छ । नगरपालिकाले सो क्षेत्रमा स्टडियम, पार्क तथा बाल उद्यान बनाउने प्रस्ताव कार्यान्वायन गराउन पहल गरेको उनले बताए । 
नगरपालिकाले कसराका प्रबन्धक साझेदार दिनेश कुमार चुकेलाई लेखेको पत्रमा भनिएको छ, । ‘उमनपा सबैको साझा संस्था भएको र यसको प्रस्ताव सार्वजनिक सम्पत्तिको सिर्जना गर्नु तर्फ लक्षित रहेकोले उमनपाले चाहना राखेको योजना मा यहाँहरुको संस्थाले सम्झौता नगरी उमनपा लाई सहयोग गरिने अपेक्षा यस उमनपाले लिएको थियो । तर, त्यस बमोजिम परिस्थिति नबनी यहाँ स्म्बद्ध संस्थाले उक्त जग्गा को भाडा सम्झौता सम्पन्न गरेको र यसबाट उमनपा तथा नगरबासीको चाहना र आवश्यकता मा ठेस पुग्ने निष्र्कषमा यस उमनपा पुगेको छ ।’ 
नेपाल ट्रष्टले २०७२ मंसिर १५ गते भरतपुरमा गरेको छलफल मा सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने, बाल उद्यान, संरक्षित वन, संग्रहालय लगायत निर्माण गर्न स्थानीय अगुवाले सुझाव दिएका थिए । आयआर्जनका लागि नेपाल ट्रष्टले निजी कम्पनी लाई जग्गा भाडामा दिएको हो । ५ वर्षका लागि वार्षिक २५ लाख र हरेक वर्ष १० प्रतिशत थप गर्ने गरी नेपाल ट्रष्टसँग सम्झौता भएको छ ।
 कसरा जंगल रिसोर्ट प्रालिले कसरा नारायणी सिटी सेन्टरलाई जग्गा पुनः भाडामा लगाएको हो । कसरा नारायणी सिटी सेन्टरका प्रमुख दिनेश कुमार चुकेले कानूनी प्रक्रिया पूरा गरेर नक्सापास को क्रममा रहेको अवस्थामा उपमहानगरपालिका ले एकतर्फी रुपमा पत्राचार गरेको बताए । “नगरपालिकाको सौन्दर्यकायम हुने गरी निर्माण गर्ने प्रतिबद्धता जनाएका थियौं”, उनले भने, “नियम संगत अघि बढ्दा बढ्दै स्थानीय निकायले एकलौटी रुपमा दबाब दिन लागेको छ ।” स्ट्रक्चरल इञ्जिनियरिङ डाटा, सेनिटेसन लगायतका कागजपत्रहरु पेश भइसकेको उनले बताए । करिब ४ सय वटा सटर निर्माण गरी व्यवसायिक प्रयोजनमा लगाइने उनले बताए ।
 “व्यवसायिक प्रयोजनका लागि सम्झौता भए पनि व्यवस्थित बजार बनाउन हामी प्रतिबद्ध छौं ”, उनले भने, “कानूनी राज्यको उपहास गरेर सम्झौता निक्रिय बनाउन अनुरोध हुनु दुःखद पक्ष हो ।”सो क्षेत्रमा ५ वटा ब्लक बन्दै छन् । तरकारी बजार, पार्टी प्यालेस, रिसोर्ट, चिल्ड्रेन पार्क लगायत संरचना बनाउने योजना छन् । करिब ६ करोड लगानीमा नयाँ संरचना बन्ने छन् । 
कांग्रेसका भरतपुर नगर सभापति भरत प्रसाद अधिकारीले नगरबासीको चाहना विपरित टेण्डर भएको जिकिर गरे । “नगरबासीको सर्वोत्तम हितमा भएन भन्ने हाम्रो गुनासो हो”, उनले भने, “सो सम्झौता खारेज गराउन लागिपरेका छौं ।” माओवादी केन्द्रका नगर प्रतिनिधि खेम भण्डारीले टेण्डर नगर्न गरिएको अनुरोध ट्रष्टले नमानेको बताए।
 “नगरपालिकालाई नै नगरको आवश्यकता पहिचान गरी दिऊँ भनेका थियौं, मानिएन”, उनले भने, “टहरा बनाएर बजारको स्वरुप नबिगारौं ।” सो प्रस्तावित सिटी सेन्टर आसपासका बासिन्दा भने व्यवसायिक भवन बन्ने खबरले विकासमा फड्को मार्ने आशा मा छन् । सो सम्झौता ५ वर्ष पछि नवीकरण गर्नु पर्ने हुन्छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला क्षेत्रको ५७ विघा जमिन मध्ये ६ विघा ११ धुर जमिन निजी क्षेत्रले भाडामा लिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: