×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सार्वजनिक समारोहमा मदिरा सेवन गर्न नपाइने

LAXMI SUNRISE BANK
GLOBAL

सार्वजनिक समारोहमा मदिरा सेवन गर्न नपाइने

१० फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौं – सरकारले सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रम मदिरारहित गर्ने नीति लिएसँगै अब भोज भतेरहरुमा मदिरा सेवन गर्न नपाइने भएको छ । स्वास्थ्य मन्त्रालयले बनाएको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति ०७३ मा सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरारहित गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।
 सरकारी तथा सार्वजनिक निकायबाट आयोजना हुने कार्यक्रमहरुमा मदिराजन्य पदार्थको प्रयोग तथा वितरणमा रोक लगाइने नीतिमा उल्लेख छ । साथै विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म फुटकर मदिरा खरीद बिक्री गर्न नपाउने व्यवस्था गरिने भएको छ । मन्त्रिपरिषदबाट हिजो सोमबार पारित गरिएको नौ बुँदे उक्त नीतिमा फुटकर मदिरा क्रेतालाई एक दिनमा कम्तीमा एक लिटरभन्दा बढी खरीद बिक्री गर्न नपाउने व्यवस्था गरिने उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी