- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – महिला सहयात्रा माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (Mahila Sahayatra Microfinance Bittiya Sanstha Ltd.) को दोस्रो त्रैमासमा खुद मुनाफा २३ दशमलव ९९ प्रतितशले वृद्धि गरी ४५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ३६ लाख रुपैयाँ पुगेको थियो ।
११ करोड रुपैयाँ चुक्ता पूँजी भएको महिला सहयात्रा माईक्रोफाइनान्स (MSMBS) ले जगेडाकोषमा २ करोड २१ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ९० दशमलव ६४ प्रतिशतले वृद्धि गरी ५ करोड १२ लाख रुपैयाँ संकलन गरेको छ ।
कर्जामा ३५ करोड २२ लाख रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७९ दशमलव ८५ प्रतिशतले वृद्धि गरेको हो । यसको खुद व्याज आम्दानी ३५ दशमलव ५२ प्रतिशतले बढेर २ करोड १२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८ दशमलव ६८ प्रतिशतले बढेर ६३ लाख रुपैयाँ पुगेको छ ।
महिला सहयात्रा माईक्रोफाइनान्सको निष्कृय कर्जा ३ दशमलव ६२ प्रतिशत, जोखिम युक्त सम्पत्ति ३३ दशमलव ४५ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ८ दशलमव ३३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ७९ दशलमव ८६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय १० रुपैयाँ र तरलता अनुपात ५० प्रतिशत रहेको छ ।