
- अर्थ सरोकार सम्बाददाता
 
काठमाडौँ – लगातार घटीरहेको बजार आज पनि थामिन सकेन । आजपनि नेप्से घट्दा लगानीकर्ता ‘त्राहिमाम’ बनेका छन् । बजार हिजोको तुलनामा १३.७२  ले घटेर १२९९.२९  मा आइपुगेको छ ।  कुल  ५४४५५६४८६  रुपैयाँको कारोबार भएको बजारमा सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको सेयर कारोबार भएको थियो ।
भने त्यसपछि सबैभन्दा बढी कुमारी बैंकले ३ करोड २१ लाखको कारोबार गरेको छ । शिखर इन्स्योरेन्सले १ करोड ६९ करोड, नेपाल इन्भेष्मेन्ट बैंकले १ करोड ६१ लाख, सानिमा माई हाइडोपावर लिमीटेडले १ करोड ४३ लाख बढीको कारोबार गरेका छन् ।





						







