×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ता आजपनि निराश, ६.६५ले ओरालो लाग्दा १३३७.४६ पुग्यो नेप्से !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लगानीकर्ता आजपनि निराश, ६.६५ले ओरालो लाग्दा १३३७.४६ पुग्यो नेप्से !

१२ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  •  अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – निरन्तर ओरालो लागेको बजार आज पनि ओरालो लागेको छ । आज हिजोको तुलनामा ६.६५ ले बजार ओरालो लाग्दा बजार १३३७.४६ मा आइपुगेको छ । चुनावको घोषणापछी निरन्तर बजार घट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अघिल्लो साता बढेको बजार अहिले फेरि ओरालो लाग्नुको चुरो कारण यही रहेको अनुभवी लगानीकर्ता र ब्रोकरहरु बताउँछन् ।  बजार फेरि शिथिल हुनुमा अस्थिर राजनीति पनि कारक बनिरहेको छ । सरकारले वैशाख ३१ मा स्थानीय निकाय निर्वाचन घोषणा गरे पनि मधेशी दल असन्तुष्ट देखिएको छ ।
 चुनाव हुने वा नहुने भन्ने अन्योल पनि एकहदसम्म पैदा भएको छ । यसले पनि लगानीकर्ताको आत्मबल खस्काइदिएको हो । अहिलेको बजारलाई सेयरको बढ्दो आपूर्ति, उच्च बैंक ब्याजदरले समेत उत्तिकै चेपुवामा पारेको अवस्था छ ।
 १३० कम्पनीको ३० करोड ४८ लाख रूपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । होटेल र अन्यबाहेक बाँकी सबै समूहका सूचक राताम्य भएका छन् । सबैभन्दा धेरै बिमा सूचक ३५।८३ विन्दुले ओरालो लागेको छ । वाणिज्य बैंक समूहको सूचक ९।२५ विन्दुले खस्किएको छ । कारोबार रकममा बैंक अफ काठमान्डू लुम्बिनीले बाजी मारेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: