×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मारुती सिमेन्टविरुद्ध उठेका सिन्धुलीका जनता भन्छन्, ‘ज्यानमारा सिमेन्ट उद्योगले दादागिरी देखायो, न्याय पाउँ !’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मारुती सिमेन्टविरुद्ध उठेका सिन्धुलीका जनता भन्छन्, ‘ज्यानमारा सिमेन्ट उद्योगले दादागिरी देखायो, न्याय पाउँ !’

Artha Sarokar

९ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

सिन्धुली – कहिले देशलाई तिर्नुपर्ने भ्याट छलेर त कहिले चोरीको बिजुली प्रायोग गरेर विवादमा आएको मारुती सिमेन्ट पुन : विवादमा आएको छ । आफ्नो चुनढुंगा खानीको ढुंगाले लागेर एक स्थानीय मृत्युहुँदा पनि कम्पनीले वे-वास्ता गरेपछि मारुती सिमेन्टविरुद्ध सिन्धुलीका जनता उत्रिएका हुन् । कम्पनी चुनढुंगा खानीको सम्पर्क कार्यालय उदयपुरमा सिन्धुलीका स्थानीयले धर्ना दिएका छन् । 
शनिबार दिउँसो सिन्धुलीको ककुरठाकुर गाउँ विकास समितिमा चुनढुंगा खानीबाट ढुंगा निकाल्ने क्रममा स्थानीय एक जनाको ज्यान गएपनि सम्बन्धित निकायले वेवास्था गरेको भन्दै स्थानीयले धर्ना दिएका हुन् । उनीहरुले मारुती सिमेन्टलाई ज्यानमाराको संज्ञा दिंदै सिमेन्टका विरुद्ध नारावाजी समेत गरेका थिए ।  
चुनढुंगा खानीबाट ढुंगा निकाल्ने क्रममा  खसेको ढुंगाले ककुठाकुर गाउ विकास समितिका ४७ वर्षिय खड्ग बहादुर थापा मगरको ज्यान गएको थियो । मृतक खड्गबहादुर बर्षे धानको ब्याड राख्नकालागि कुलोमा पानी लाउन गएका  थिए । मारुती सिमेन्ट कम्पनी चुनढुंगा निकाल्दा ढुंगाले लाग्दा थापामगरको ज्यान गएको कुरठाकुर गाउँ विकास समितिका प्राविधिक सहायक भिम कुमार राइले अर्थ सरोकार डटकमलाई जानकारी दिए ।
सम्वन्धित कार्यालयले क्षतिपूर्तिको लागि वेवास्ता गरेको पीडित पक्षले बताएका छन् । शनिवारनै ज्यान गएको भएपनि अहिलेसम्म सम्वन्धित पक्षले बेवास्ता गरेपछि पिडित परिवार र स्थानिय आन्दोलित भएको राईले बताए । स्थानीयले उचित  क्षतिपुर्ती दिईनुपर्ने, दोषीलाई कारवाही गर्नु पर्ने माग गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमाशंकर पञ्जीयारले सडक विस्तार गर्ने क्रममा स्काभेक्टरले पाखामा खन्ने क्रममा ढुंगा खस्दा लागेको र मृतकको शव पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाईसकेको बताए ।  प्रहरीले थप अनुसन्धानकालागि आईतबार स्काभेक्टरका चालक सिन्धुली ककुरठाकुर गाविस १ निवासी २६ बर्षिय वम बहादुर तामाङलाई नियन्त्रणमा लिएको समेत जनाएको छ । 

यो पनि पढ्नुहोस् :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी