
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – मिर्मिरे माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद शेयर निस्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निबेदन दिएको छ । कम्पनीले एक करोड ५० लाख रुपैयाँ बराबरको एक लाख ५० हजार कित्ता हकप्रद शेयर निस्कासन गर्न लागेको हो ।
गत १४ पुषमा सम्पन्न कम्पनीको साधारण सभाले ५० प्रतिशत बोनश र त्यसपछि कायम हुने चुक्ता पूँजीमा ५० प्रतिशत हकप्रद शेयर दिने निर्णय गरेको थियो ।
बोनस शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी चार करोड ५० लाख रुपैयाँ पुग्नेछ । अब दिने ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी ६ करोड ७५ लाख रुपैयाँ नाघ्नेछ ।
कम्पनीले पुष मसान्तसम्ममा ८४ लाख खुद मुनाफा आर्जन गरेको छ भने प्रति शेयर आम्दानी ५६.०२ रुपैयाँ पुगेको छ । कम्पनी प्रति शेयर नेटवर्थ १७८.८८ रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्