Skip to content
LAXMI SUNRISE BANK

मोबाइल सेवा गुणस्तर बढाउने अभियान थालेको टेलिकमको दावी

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाल टेलिकमको मोबाइल सेवालार्इ गुणस्तरीय बनाउन बिटिएस थप्ने कार्यलार्इ तीब्रता दिएको छ।टेलिकमले गत पुसमहिनामा थप १ हजार ७ सय ५८ वटा विटिएस थपेको जनाएको छ।गत वर्ष ९ सय ३ वटा विटिएस संचालनमा थिए।
टेलिकमका पाँच हजार ५ सय ४७ वटा विटिएस संचालनमा आएका छन्।मोबाइल सेवामा गुणस्तरमा आलोचना खेपेपछि विटिएससँगै अरु उपकरणहरु समेत ल्याउने प्रक्रिया अघि बढाएको टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बतार्इन्।
उनका अनुसार सेवा विना अवरोध संचालन गर्न निरन्तर मोनिटरिङ र प्रिभेन्टिभ मेन्टिनेन्स कार्यलार्इ अघि बढाइएको छ।राजभण्डारीले  विशेष अधिकार सम्पन्न प्रोजेक्ट रोलआउट टाक्सफोर्स र सर्भिस रेस्टोरेसन र क्वालिटी एसोरेन्स टास्कफोर्सको व्यवस्था गरिएको बतार्इन्।
कम्पनीको योजना र मर्मत सम्भार कार्य अभिवृद्धि गर्न टेक्निकल अडिटको कार्यान्वयन भइसकेको उनले बतार्इन्।टेलिकमले प्रिपेड र पोष्टपेड ग्राहकलार्इ कल वेटिङ र कल फरवार्डिङ सेवालार्इ एक्टिभडिएक्टिभ गर्न पाउने व्यवस्था मिलाइएको जनाएको । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK