
काठमाडौं – सरकारले उपत्यकाको प्रदूषण सूचक ४० (माइक्रोग्राम प्रतिघनमिटर) सम्म हुनुलाई ठिकै मानेको छ। प्रदूषण सूचकले भने दुई सय हाराहारी पुग्ने गरेको देखाइरहेको खबर आजको नागरिकमा छ ।
वातावरणबारे स्वतन्त्र अनुगमन गर्दै आएका व्यक्तिहरूको स्वतन्त्र सञ्जाल दृष्टि, काठमाडौंले गरेको प्रदूषण तथ्यांकलाई नागरिक दैनिकले बुधबारबाट नियमित प्रकाशन गर्दै आएको छ । ६ दिनयताको तथ्यांक नियाल्दा प्रदूषणको मात्रामा खासै कमी आएको देखिँदैन । यद्यपि, यसै साता परेको वर्षात्का कारण भने शनिबार प्रदूषणमा केही कमी आएको थियो ।
शनिबार बेलुका सूचक सरकारी मापदण्डभित्रै सीमित रहेको थियो । ‘तीन महिनापछि उपत्यकाको प्रदूषण शनिबार सरकारी मापदण्डभित्र देखियो,’ काठमाडौंको प्रदूषण मापन गरिरहेको दृष्टिका शिशिर शर्माले भने, ‘वर्षात्ले हावामा रहेका धुलोका मसिना कणलाई जमिनमा ओराल्दा प्रदूषण घटेको हो ।’
शनिबार २ देखि ५ बजेसम्म सूचक २५ भन्दा तल झरेको थियो । अरु बेला पनि सूचक ४० कै हारहारी देखिएको थियो । त्यसैगरी शनिबारयता बेलुकाको समयमा पनि सूचक ४० हाराहारी छ । सूचक २५ तल हुनुलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि ठिकै मान्छ । डब्लुएचओको मापदण्ड सूचक २५ रहेको छ ।
सूचक एक सय ८० हाराहारी
बुधबार, बिहीबारको तथ्यांक एक सय ८० हाराहारी छ । त्यसैगरी शुक्रबार दिउँसो १० बजे प्रदूषण सूचक एक सय ८५ अंक पुगेको थियो । बेलुका यो सूचक सरकारी मापदण्डभन्दा झन्डै पाँच गुणा बढी हो भने डब्लुएचओ मापदण्डभन्दा झन्डै १० गुणा नै बढी ।
पानी परेका कारण शुक्रबार बेलुका, शनिबार, आइतबार, सोमबार र मंगलबारको तथ्यांकमा भने कमी देखिएको छ । शनिबार सबैभन्दा कम देखिएको थियो । शनिबार बढीमा सूचक ७७, आइतबार बढीमा एक सय २४ देखिएको थियो । सोमबारबाट भने उही पहिलाकै सूचक अंकलाई पछ्याउन खोजेको देखिन्छ । सोमबार सूचक एक सय ५५ पुगेको छ ।
शनिबारयता पानी परेका कारण सूचक ओरालो लागेको हो । शनिबार धेरै कम भए पनि आइतबार केही मात्रै कम र सोमबारदेखि पहिलेकै प्रणालीलाई पछ्याउन खोजेको शर्माले बताए । शनिबार कम मानिस घरबाट बाहिर निस्कने र यातायातका साधन पनि सडकमा कमै चल्नाले प्रदूषणमा कमी आउने गरेको शर्माले बताए ।
बिहान बढी प्रदूषण
बिहानको समय अत्यधिक प्रदूषण हुने गरेको देखिएको छ । तथ्यांकअनुसार सबैभन्दा बढी प्रदूषण बिहान ५ देखि १२ बजे मध्याह्नसम्म हुन्छ । सूचक ७६ देखि एक सय ५० सम्म हुनुलाई अति प्रदूषित भएको मानिन्छ । यस्तो अति प्रदूषित १२ बजेअघि र बेलुका ६ बजेपछि हुने तथ्यांकमा देखिन्छ । यो समय कुनै प्रकारको खेलकुद, व्यायाम नगर्न विज्ञले सुझाव दिँदै आएका छन् ।
प्रदूषणको सूचक एक सय ५० भन्दा माथि हुनुलाई खतराजनक मानिन्छ । बिहानको समयमा सूचक भने एक सय ५० भन्दा माथि नै देखिने गरेको छ । दृष्टि, काठमाडौंका अनुसार उपत्यकाको प्रदूषण सूचक चार सयसम्म पुगेको तथ्यांक छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्