×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नापी कार्यलय परिसर भित्रै कुटिए सेवाग्राही, कर्मचारीले देखाए आफ्नो रौद्र रुप

LAXMI SUNRISE BANK
GLOBAL

नापी कार्यलय परिसर भित्रै कुटिए सेवाग्राही, कर्मचारीले देखाए आफ्नो रौद्र रुप

२८ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – सबैभन्दा वढी आर्थिक चलखेल हुने ठाँउ हो मालपोत कार्यलय । सोही कार्यलयका नोकरशाहबाट एक सेवाग्राही चुटिएका छन ।चार दिन लगातार मालपोत कार्यलयमा धाँउदा समेत घरको नक्सा पास नभएपछि कार्यलयका हाकिमसँग गुनासो पोख्न पुगेका उनी र उनका छोरालाई मालपोत कार्यलयका कर्मचारीहरुले घाइते बनाएका हुन । यसरी कर्मचारीबाट चुटाई खाने सेवाग्राही हुन नकपुर उपमहानगरपालिका–१२ कुवाका ५५ वर्षीय ललनप्रसाद साह र उनका छोरा अमित ।
यी दुई सेवाग्राही बाबुछोरा माथि  कार्यालयका प्रमुखसहितका कर्मचारीहरुले कुटपिट गरेका हुन् । लगातार चार दिनदेखि नक्सा सम्बन्धी काम गराउन कार्यालय धाइरहेका साहले कर्मचारीको लापरबाहीबाट दिक्क भएर गुनासो पोख्दा उल्टै कुटिएका हुन् ।
नक्सा लिन कार्यालय पुगेका साहलाई कर्मचारीहरुले काम गरिदिनुको साटो उल्टै विभिन्न बहाना गरेर आलटाल गर्न खोजेपछि उनी केही कर्मचारीप्रति आक्रोशित भएका थिए ।
कर्मचारीको लापरबाहीबारे गुनासो पोख्दै गर्दा नापी कार्यालयका प्रमुखसहितका कर्मचारीले साहलाई निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । कार्यालय सहयोगी मोहन यादवले प्रहार गर्दा साहको घुँडामा चोट लागेको छ । साहलाई कुटपिट भइराख्दा उनका छोरा अमित बुवालाई बचाउने प्रयास गरेका थिए ।
यद्यपि कार्यालय प्रमुख जोशीले आफूले सेवाग्राहीमाथि हातपात नगरेको प्रतिक्रिया दिएका छन् । घटनापछि तनावग्रस्त बनेको नापी कार्यालयमा प्रहरी टोली तत्काल पुगेर अवस्थालाई साम्य बनाएको थियो । घाइते साहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी