
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेपालको आन्तरिक मामिलामा भारतले गर्ने हस्तक्षेपको कडा विरोध गर्दै आएका नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेपालको संविधान भारतले स्वीकार नगरेकोमा आपत्ति जनाउँदै संविधान संशोधन नेपालको आन्तरिक मामिला भएको बताएका छन् ।
भारतको राजधानी नयाँ दिल्लीमा भारतीय राष्ट्रिय काँग्रेसका नेता करण सिंह, मणि शङ्कर र आनन्द शर्मासँगको भेटमा नेपालको आन्तरिक आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र अनावश्यक चासो नराख्न नेता श्रेष्ठले आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले अखिल भारत नेपाली एकता मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संविधान कार्यान्वयन प्रक्रियालाई अन्तिम रुप दिन सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरिरहेको जानकारी दिए ।
दिल्लीमा गरेको राजनीतिक भेटघाटमा श्रेष्ठले नेपालको आन्तरिक मामिलामा भारतले गरेको हस्तक्षेप, अहिलेको संविधान संशोधनमा भारतको चासो तथा गत वर्षको नाकावन्दीको विषयमा खुलेर आफ्ना कुराहरु राखेका छन् । नेपालका पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले भारतीय नेताहरुलाई नेपालको आन्तरिक मामिलामा ‘माइक्रोम्यानेज’ नगर्न आग्रह गरेका छन् ।
निर्वाचन घोषणाका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता सकारात्मक भएलगत्तै नेता श्रेष्ठ चारदिने भारत भ्रमणमा गएका थिए ।
यसक्रममा श्रेष्ठले मंगलबार सत्तारुढ भारतीय जनता पार्टीका महासचिव राममाधव लगाएत शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।राजनीतिकबाहेक प्रशासनिक तहमा श्रेष्ठले गरेको भेटघाटका बारेमा भने श्रेष्ठ र दिल्लीस्थित नेपाली दुतावासले केही पनि बताएका छैनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्