×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवराज सिलवालकै काँधमा रहने भयो प्रहरी प्रमुखको जिम्मेवारी

LAXMI SUNRISE BANK
GLOBAL

नवराज सिलवालकै काँधमा रहने भयो प्रहरी प्रमुखको जिम्मेवारी

२ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – नेपाल प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले आज अवकाश पाउँदैछन् । अवकाश पाएसँगै  डिआइजी नवराज सिलवालले कार्यवाहक आइजीको जिम्मेवारी सुम्पने भएका छन् ।
आज अपराह्न प्रहरी प्रधान कार्यालयमा अर्यालले सिलवाललाई कार्यवाहक आइजीको जिम्मेवारी सुम्पिने गृह स्रोतले जनाएको छ ।
सिलवाललाई कार्यवाहक जिम्मेवारी दिएपछि आइजी अर्याल र बहाल भएका सबै एआईजीहरुले प्रहरी सेवाबाट आजैदेखि अनिवार्य अवकाश पाउँदै छन् । सिलवाललाई कार्यवाहक आइजीको जिम्मेवारी दिने कार्यक्रममा प्रहरीका सबै वरिष्ठ अधिकृतहरु उपस्थित हुने भएका छन् ।
यसअघि आइतबारको मन्त्रिपरिषद्ले तेस्रो वरियताका डिआइजी जयबहादुर चन्दलाई आइजीमा नियुक्ति गर्ने निर्णय गरेपनि त्यसको केही घण्टामै सर्वोच्च अदालतले चन्दलाई आइजी नबनाउन सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी