×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसीको खुद नाफा ६८.५६५ ले घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनसीसीको खुद नाफा ६८.५६५ ले घट्यो

Artha Sarokar

५ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – एनसीसी बैंकको खुद नाफामा उल्लेख्य कमी आएको छ । बैंकको दास्रो त्रैमासको रिपोर्टले जम्मा ७ करोड ७६ लाख १९ हजार रुपैयाँमात्र खुद नाफा कमाएको देखाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा गत वर्ष भन्दा ६८.५६५ ले घटेको हो ।
 एनसीसीले गत वर्ष यही त्रैमासमा २४ करोड ६८ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी भने गत वर्ष भन्दा १०४.०६५ ले वृद्धि भएको छ ।
यो त्रैमासमा बैंकले खुद ब्याज आम्दानी एक अर्ब तीन करोड ११ लाख ८४ हजार रुपैयाँ पुर्याएको छ ।  एनसीसीको खुद ब्याज आम्दानी गत वर्ष ५० करोड ५३ लाख ३६ हजार रुपैयाँमात्र थियो । बैंकको गत वर्ष १।३०५ रहेको खराब कर्जा पनि ४.८४५ पुगेको छ ।
 यो त्रैमासमा बैंकले चार करोड १७ लाख ५२ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने सम्भावित जोखिमका लागि ६५ करोड ३७ लाख ५६ हजार रुपैयाँ छुट्याएको छ । एनसीसीको यो त्रैमाससम्म आइपुग्दा निक्षेप संकलन ५५ अर्ब ४६ करोड ८० लाख २५ हजार रुपैयाँ पुगेको छ ।
बैंक ४८ अर्ब ४२ करोड २६ लाख ६९ हजार रुपैयाँ  कर्जा प्रवाह गर्न पनि सफल भएको छ । कर्जा प्रवाह गत वर्ष भन्दा १२२.८७५ ले बढेको हो । बैंकको कर्जा निक्षेप अनुपात ७८.६८५ रहेको छ भने कस्ट अफ फन्ड ५.२८५ छ । कस्ट अफ फन्ड गत वर्ष ४.५४५ थियो ।  एनसीसीको चुक्ता पुँजी चार अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ छ । बैंकको रिजर्भ कोषमा दुई अर्ब ३० करोड ३९ लाख ३८ हजार रुपैयाँ जम्मा भएको छ ।
एनसीसीले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंकलाई गाभेर पुस १७ देखि एकीकृत कारोबार थालेको छ । 
एनसीसी बैंकले प्रतिसेयर आम्दानी १६ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ २४ पैसा देखाएको छ । तर बैंकको खुद नाफा हिसाब गर्दा प्रतिसेयर आम्दानी तीन रूपैयाँ ३१ पैसा हाराहारीमा मात्र आउँछ । कसरी बैंकले प्रतिसेयर आम्दानी १६ रूपैयाँ १४ पैसा देखायो भन्ने अन्योल उत्पन्न भएको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी