×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवन जिल्ला लोडसेडिङ मुक्त क्षेत्र घोषित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चितवन जिल्ला लोडसेडिङ मुक्त क्षेत्र घोषित

२८ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • प्रनिश थापा /अर्थ सरोकार डटकम

काठमाण्डौ – राजधानी काठमाडौं र पोखरा पछि विहीबार बाट चितवन पनि लोडसेडिङमुक्त भएपछि चितवनबासीमा खुशी छाएको छ । तर एकाएक चितवन पनि कसरी लोडसेडिङमुक्त हुन सक्यो भन्ने बारे धेरैलाई जानकारी नहुन सक्छ ।

देशको मध्यभागमा पर्ने प्रमुख जिल्लाको रुपमा परिचित चितवन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला पनि हो । करिव एक महिना अघि चितवन महोत्सवको समुद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चितवन एक साता भित्रमा लोडसेडिङमुक्त हुने घोषणा गर्नुभएको थियो । तर , हिजो मात्रै प्रधानमन्त्री चितवन आउँदा जिल्ला लोडसेडिङमुक्त हुन सकेन् ।

सार्वजनिक समारोहमै जिल्लाका राजनीतिक दलहरुले प्रधानमन्त्रीलाई लोडसेडिङ मुक्त नभएको व्यङग्य गर्दै पुरा गर्न नसक्ने कुरा नबोल्न सुझाए । मुसुमुसु हास्दै बसेका प्रधानमन्त्री दाहालले आफ्नो मन्तव्यमा चितवन लोडसेडिङमुक्त हुन नसकेको बारे प्रष्ट पारे । त्यस बेला प्रधानमन्त्रीले भनेका थिए–“मैले विद्युत  प्राधिकरणकै प्रमुखलाई सोधेर चितवन लोडसेडिङ मुक्त हुँदैछ भनेको थिए, तर प्राविधिक कारणबस समयमै हुन सकेन्, चितवन लोडसेडिङ मुक्त हुन्छ ।”

 प्रधानमन्त्रीले त्यतिबेलै भनेका थिए दलका साथीहरुले बढो तिखो बाण हाने, म यसलाई स्वीकार्छु । चितवनलाई लोडसेडिङ बनाउन नसक्नुमा प्रधानमन्त्रीले आत्मग्लानी भएको महसुस गरेका थिए । प्रधानमन्त्री कार्यक्रम सकाएर काठमाडौं फर्किएको एक दिन नबत्दै बिहीबार बाटै चितवन लोडसेडिङमुक्त हुन पुग्यो । एक दिनै चितवन लोडसेडिङमुक्त कसरी सम्भव भयो रु प्रश्न गर्ने हो भने पक्कै सबैलाई भन्न सहज हुन्छ प्रधानमन्त्रीको ठाडो निर्देशनले सम्भव भयो । यो समयमा चितवनका लागि दैनिक ३० मेगावट विद्युत् आवश्यक हुन्छ ।

गर्मीयाममा भने विद्युत को माग बढ्छ । काठमाडौं बाहिर सबैभन्दा बढि विद्युत खपत हुने जिल्ला मध्ये चितवन पनि एक हो । विद्युत प्राधिकरण भरतपुरका प्रमुख राम दुलार यादवले भने–“सरकारले देशभरी नै लोडसेडिङमुक्त बनाउने अभियान तिव्र पारेको छ, त्यही अभियान अनुरुप प्रधानमन्त्रीको घोषणा गरेपछि चितवन पनि लोडसेडिङमुक्त बन्न सम्भव भयो ।” उनले लोडसेडिङमुक्त चितवन भईरहँदा प्राविधिक समस्या हुँदा कहि कतै केही समय लाईन गएपनि त्यसलाई अन्यथा नलिन आग्रह गरे ।

देशका मुख्य मुख्य शहर लोडसेडिङ मुक्त भए पछि उर्जामन्त्री प्रभाकर र नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ को चौतर्फि प्रशंसा गरिएको छ । नेपालको पानी जनताको लगानी अनुसार सरकारले उज्यालो अभियानलाई तिव्रता दिएको छ । यसैबीच , चितवनमा प्राधिकरणमा गरिएको सरुवा कारण कर्मचारी अभाव भई सेवा प्रभावकारी रुपमा दिन नसकेको बताएका छन् ।

एक सातादेखी चितवनमा लोडसेडिङ नभएको जानकारी दिदै उनले औधोगिक फिडरमा भने लोडसेडिङ हुने वताए । पुर्व तालिका अनुसार नै औधोगिक फिडरमा लोडसेडिङ हुने छ । राति ८स्३० देखी बिहान ६ वजेसम्म र विहन ९ बजे देखी अपरान्ह ४ बजेसम्म विजुली आउने छ ।

प्राविधिक समस्या र मर्मत सम्हारको समय बाहेकका अन्य वेला चितवनमा लाइन नकाटिने दुलारले जानाकारी दिए । यसअघि चितवनमा दैनिक ४ घण्टा लोडसेडिङ हुदै आएको थियो । एमाओवादी अध्यक्ष प्रचण्डले एक महिना पहिले चितवनको एक सार्वजनिक कार्यक्रममा एक हप्तामा चितवन लोडसेडिङ मुक्त हुने वताएका थिए । तर केही ढिला भएपनि प्रधानमन्त्रीको पहलमा चितवन लोडसेडिङ मुक्त भएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: