
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रको विधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा ४८ घण्टा नेपाल–भारत पश्चिमी सीमा बन्द हुने भएको छ । दुई देशका स्थानीय प्रशासन र सुरक्षा प्रमुखहरूबीच निर्वाचन अवधिमा सिमानाका बन्द गर्नुका साथै सुरक्षा सतर्कतासमेत बढाउने सहमति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिए ।
आगामी फागुन ३ गते निर्वाचन तोकिएकाले फागुन १ गते बेलुकी ५ बजेबाट फागुन ३ गतेसम्म गड्डाचौकी नाकामा नेपाल–भारत आवागमनमा रोक लगाउने निर्णय भएको उनले बताए । निर्वाचनका समयमा सो नाका भएर नेपाल–भारत वारपार गर्ने तेस्रो मुलुकका नागरिकलाई प्रमाणसहित आवतजावत गर्न दिने सहमतिसमेत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सीमावर्ती भारतीय सहर बनबासामा बसेको बैठकमा अत्यावश्यक सवारीसाधनलाई सुचारु भएका वैधानिक नाकाहरूबाट मात्रै निर्वाचन अवधिभर सञ्चालन हुने प्रहरी उपरीक्षक चन्दले बताए । बैठकमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्द, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक इन्द्रराज कार्की तथा भारतको चम्पावत जिल्लाका डिएम, प्रहरी तथा एसएसबी प्रमुखहरूको सहभागिता रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्